Logo बिहिवार, आश्विन १ गते २०८३
images

पुस मसान्तमा माघी ईभ गर्दै हाेटल पौवा,नेपाली रैथाने खाना-खाजा प्रवर्द्धन गरिने

पुस मसान्तमा माघी ईभ गर्दै हाेटल पौवा,नेपाली रैथाने खाना-खाजा प्रवर्द्धन गरिने

  • 3.0K
    SHARES

  • पुस मसान्तमा माघी ईभ गर्दै हाेटल पौवा,नेपाली रैथाने खाना-खाजा प्रवर्द्धन गरिने

    बुटवल,पुस २३ ।

    होटल पौवाले माघीको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ। नेपाली परम्परागत नाम र नेपालीपन सहितको सेवा दिने उदेश्यसहित स्थापना भएको होटलले माघ १ गते माघीको अवसर पारेर माघी स्वादउत्सव सहित सांगितिक कार्यक्रम गरेर मनाउने भएको हो ।  

    माघी इभको सन्दर्भमा शुक्रबार पत्रकार सम्मेलन गरि नेपाली परम्परागत खाना पस्कने गरि विशेष पर्वका रुपमा माघी मनाउने तयारी गरिएको होटल पौवाले जानकारी दिएको छ । माघे संक्रान्तिको पूर्व संन्ध्यामा माघी पर्वको स्वादउत्सव सहित विशेष साँस्कृतिक कार्यक्रम गरेर माघीलाई स्वागत गर्न थालिएको पौवाका प्रबन्धक निर्देशक विष्णु ज्ञवालीले बताए। 

    लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा पुस मसान्तको साँझ आयोजना हुने माघी इभमा भुमिपुत्र थारु समुदायको परिकारहरु चखाउनुका सार्थ विशेष साँस्कृतिक कार्यक्रम हुने प्रवन्ध निर्देशक ज्ञवालीले बताए । 

    कार्यक्रममा दाङका थारु कलाकारको परम्परागत साास्कृतिक कार्यक्रमहरु सहित चर्चित लाकगायक पशुपति शर्मा र राधिका हमालको समेत प्रस्तुती रहने पौवाका ब्राण्ड विभागका प्रमुख विष्णु भण्डारीले बताए । 

    पत्रकार सम्मेलनमा धारणा राख्दै प्रवन्ध निर्देशक ज्ञवालीले होटल पौवाः जहाबाट आतिथ्यको शुरुवात हुन्छ, भन्ने मुल नाराकासाथ स्थापना भएको पौवाले चेन विजनेशका रुपमा विकास गरेर नेपाली खानालाई प्रबर्द्धन गर्दै अन्तराष्ट्रियकरण गर्न लागि परेको दाबी गरे। विभिन्न संस्कृतिलाई प्रतिनिधित्व गर्ने २० प्रकारका नेपाली रैथाने खानालाई मेनुमा समावेश गरिएको ज्ञवालीले जानकारी दिए । हालै पौवाले लञ्च गरेको चिकन मरौठी स्वादपारखीको मनमा बस्न सफल उनको दाबी छ । 

    पौवाका अनुसार स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशका भालुवाङ, लमही, घोराही, भैरहवा, बुटवल, गोरुसिङ्गे, तानसेन, रेसुङ्गामा शाखा विस्तार भएको छ भने सुदुर पश्चिमको धनगढी र कर्णाली प्रदेशको जुम्लामा पनि पौवाले सेवा दिँदै आएको छ। यसैगरि  गण्डकी प्रदेशको राजधानी पोखरा र बाग्मति प्रदेशको चितवन टाडीमा सेवा बिस्तारको तयारि भैरहेको पौवाले जनाएको छ । 

    पौवाले चिसो मौसममा ग्राहलाई न्यानो आतिथ्यता प्रदान गर्न पुस १५ देखि फागुन १ गते सम्म चल्ने ग निशुल्क कफि अफर समेत सञ्चालन गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । लगानीका हिसाबले ३ मोडलमा रहेर अहिलेसम्म ५० करोड रुपैयाभन्दा बढि लगानी भएको ज्ञवालीले बताए। 

    कामदारहरुलाई आफै मालिक बनाउने अभियान स्वरुप पौवामा रहेका श्रमिकहरु आफै शेयर धनी बनाउने लक्ष्य अनुरुप धेरै कर्मचारी पौवाको आफै लगानीकर्ता बन्दै गएको ज्ञवालीले बताए । पौवामा अहिलेसम्म ३ सय जना जनशक्तिले राजगारी पाएका छन् । 

    नेपालमा १० वटा संचालनमा रहेको र २ वटा बिस्तारको चरणमा रहेको पौवाले मिसन हन्ड्रेड कार्यक्रम अन्तर्गत शाखा बिस्तार गर्दै लैजाने ज्ञवालीले बताए । बुटवल शाखा प्रबन्धक निशान खरेलले पौवाले गुणस्तरीय सेवा दिएर छोटोसमयमा सेवाग्राहीको मन जित्न सफल भएको बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology