बुटवल,पुस २२ ।
कात्तिक अन्तिम साता शुरु भएर मंसिर पहिलो साता सम्पन्न जनगणनामा खटिएका गणकको पारिश्रमिक र तलबमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ खर्च भएको छ ।
अर्थ मन्त्रालयका अनुसार राष्ष्ट्रिय योजना आयोगमार्फत यो रकम खर्च गरिएको हो । जनगणनामा देशभर करिब ४० हजार गणक खटिएका थिए ।
विभागले तीन महिनाभित्र प्रारम्भिक नतिजा ल्याउने र दुई वर्ष भित्र पुरै तथ्यांक प्रकाशनको काम सकाउने गरी अहिले काम गरिरहेको छ ।
केन्द्रीय तथ्यांक विभागले जनगणनाको पुरै चक्र सम्पन्न हुने बेलासम्म करिब ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको थियो । त्यसमध्ये एकसाथ ठूलो खर्चको अंश जनगणनामा खटिने गणकको पारिश्रमिकमा थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)