बुटवल,पुस १९ ।
रूपन्देही व्यापार संघले उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७८ पत्रकार रामप्रसाद आचार्य (आरपी)लाइ प्रदान गरेको छ । आर्थिक तथा व्यवसायिक क्षेत्रमा कलम चलाएको भन्दै आचार्यलाई संघको २० औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनका अवसरमा २५ हजार नगद राशीसहित दोसल्ला ओढाएर पुरस्कार दिएको छ ।
पूर्व मन्त्री छविलाल विश्वकर्मा तथा संघका अध्यक्ष यमलाल लोहनीले संयुक्त रुपमा आचार्यलाई सम्मानसहित पुरस्कार हस्तान्तरण गरेका थिए ।
पुरस्कृत आचार्य पत्रकार महासंघ रुपन्देहीका निर्वतमान सचिव हुन् । उनी दैनिक पत्र, लुम्बिनी टेलिभिजन र नेपाल प्रेसमा आवद्ध छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)