Logo बिहिवार, आश्विन १ गते २०८३
images

संसार सहकारीको साधारणसभा : बक्ता भन्छन्- उत्पादनलाइ जोड देऊ

संसार सहकारीको साधारणसभा : बक्ता भन्छन्- उत्पादनलाइ जोड देऊ

  • 4.3K
    SHARES

  • संसार सहकारीको साधारणसभा : बक्ता भन्छन्- उत्पादनलाइ जोड देऊ

    बुटवल,पुस १७ । 

    सहकारीले उत्पादनमुखी काम गर्नका लागि किसान र उपभोक्ताहरुको आवश्यकता अनुरुप नीति निर्माण गर्नुपर्ने सहकारीका अगुवाहरुले बताएका छन् । एकै प्रकारका काम र प्रकृतिले सहकारीको प्रगति हुन नसक्ने बताउदै उनीहरुले कृषिमा आधारीत कामलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

    संसार बचत तथा ऋण सहकारी सस्था, बुटवल ११  बार्षिक साधारणसभातथा चौथो अधिवेशनमा बोल्ने बक्ताहरुले उत्पादनलाइ जोड दिनुपर्ने बताए । सहकारीको मुल्य र मान्यताभन्दा बाहिर गएर कुनै पनि काम नगर्न पनि सहभागिको सुझाव थियो । सो अवसरमा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराइले सहकारीहरुले नागरिकको आर्थिक जीवन उकास्न ठूलो योगदान गरेको बताए । उनले सहकारी अभियानले सबैलाई एकजुट बनाएको बताए ।

    सहकारीका अध्यक्ष बिष्णुप्रसाद वोस्तीले सहकारीलाइ समय सापेक्ष बनाइने बताए । जिल्ला सहकारी सघ संचालक तथा लालटिन सहकारीका अध्यक्ष गंगालाल सापकोटा,राष्ट्रिय सहकारी बैक का साखा प्रबन्धक नारायण बेल्बासे,नेपसनुका बुटवल शाखा प्रमुख छत्र प्रसाद धमला जागरुक साकोसका उपाध्यक्ष ,हिमलाल भट्टराइ,सहज साकोस बिशााल बेल्बासे,एम्स कलेज  प्रमुख बिकास श्रेष्ठ लगायतले बोल्दै संसार सहकारीले सहकारीमा आफूलाई स्थापित गर्न सफल भएको बताए ।

    वार्षिक साधारणसभाका अवसरमा बिभिन्न ब्याक्तिहरुलाइ सम्मान पनि गरिएको सहकारीका सचिब प्रकाश भट्टराइले बताए । कार्यक्रममा अध्यक्ष,कोषाध्यक्ष, प्रतिबेदन पारित भएको छ  । भने लेखा सुपरिबेक्षण् समितिका संयोजक सुशील पाण्डेले लेखा सुपरिबेक्षण प्रतिबेदन सुनाएका थिए ।कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दिपक भट्टराईले गरेका थिए । सहकारीमा ८३९ जना शेयर सदस्य रहेका छन् भने ऋण लगानी ६ करोड ४२ लाख छ भने शेयर पूजी ९५ लाख ३२ हजार रहेको छ ।सहकारीले तिलोत्तमाको मणिग्राममा सेवाकेन्द्र समेत संचालन गरिरहेको छ ।

    अध्यक्षमा प्रकाश भट्टराई चयन :

    अधिबेशन नयाँ नेतृत्व चयन गरेको छ ।अध्यक्षमा प्रकाश भट्टराई ,उपाध्यक्षमा पदमप्रसाद न्यौपाने,सचिवमा राजेश खत्री ,कोषाध्यक्षमा केश्वोर भट्टराई ,सदस्यहरूमा सुशील  पाण्डे ,सुरेस पोखरेल , बरुण घिमिरे , लेखनाथ बश्याल , इश्वरा देबकोटा रहेका छन् । लेखा समिति सयोजकमा कमल गौतम ,सदस्यमा कमल बहादुर थापा र अलाउदिन अलि छन् ।

    कार्यक्रममा उत्कृष्ट  बचत कर्ता, बिनोद थापा ,उत्कृष्ट  असल ऋणी डम्बर बहादुर घिमिरे र अधिक सेयर सदस्य वृद्धिगर्नेमोहन रेस्मीलाई सम्मान गरिएको थियो ।  पुर्वऋण समिति सदस्य कमल गौतम र सस्थाका पुरानो कर्मचारी हरु सुमन पाण्डे , रचना थापा र शंकर खनाल लाई पनि सम्मान गरिएको थियो  निर्वाचन मण्डलकोभुमिकामा  संयोजक नारायण बेल्बासे, सदस्य सुनिल कुमार ज्ञवाली , उदयराज भट्टराई रहेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology