Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

रुपन्देहीको तिलोत्तमामा ५७ करोड लगानीमा द एस आर होटल संचालन

रुपन्देहीको तिलोत्तमामा ५७ करोड लगानीमा द एस आर होटल संचालन

  • 10.5K
    SHARES

  • रुपन्देहीको तिलोत्तमामा ५७ करोड लगानीमा द एस आर होटल संचालन

    बुटवल,पुस १५ ।

    अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर रुपन्देहीको तिलोत्तमामा ५७ करोड लगानीमा द एस आर होटल एन्ड इभेन्टस् प्रालि सञ्चालनमा आएको छ ।

    सम्भव छ आफ्नै भूमिमा, अथिति देवो भव नारासहित आफ्नै स्वामित्वको १२ कठ्ठा जग्गामा ६ जनाको सामूहिक लगानीमा सुविधासम्पन्न ३२ कोठासहितको होटल सञ्चालनमा आएको हो ।भूकम्प प्रतिरोधी ६ तले भवनको होटलमा ५०० जना क्षमताको जल्सा बहुउद्देश्यीय हल, ग्राउन्ड फ्लोरमा जम्बालय फाइन डाइनिङ रेस्टुरेन्ट लगायतका सुविधा रहेका अध्यक्ष होमकान्त बस्यालले बताए ।

    सम्भव छ आफ्नै भूमिमा, अथिति देवो भव नारासहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर सञ्चालनमा ल्याइएको होटलमा ५ वर्ष भित्र कोठाको संख्या १०० वटा पु¥याउने तथा १० वर्षभित्र ७ वटै प्रदेशका राजधानीमा शाखा विस्तार गर्ने लक्ष्य रहेको सञ्चालक टेकनाथ बस्यालले बताए।

    पर्याप्त पार्किङ रहेको होटलको छैठौं तल्लामा ओपन रुफटप रेस्टुरेन्ट रहेको र त्यहाँबाट लुम्बिनी र भारतको नौतनवासम्म अवलोकन गर्न सकिने अर्का सञ्चालक बिमल केसीले बताए ।

    ४५ जनालाई प्रत्यक्ष रोजगारी दिएको होटलले छिटै स्विमिङपुल, जिम, स्पा सेवालाई शुरु गर्ने अर्का सञ्चालक केशव भण्डारीले बताए ।

    sr hotel.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology