Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी तम्घासको मैत्री बहुउद्देश्यीय सहकारीको नवौं शाखा बुटवलमा शुभारम्भ

गुल्मी तम्घासको मैत्री बहुउद्देश्यीय सहकारीको नवौं शाखा बुटवलमा शुभारम्भ

  • 2.8K
    SHARES

  • गुल्मी तम्घासको  मैत्री बहुउद्देश्यीय सहकारीको नवौं शाखा बुटवलमा शुभारम्भ

    बुटवल,पुस १० । 

    मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नवौं शाखा बुटवलको कालिकानगरमा संचालनमा आएको छ । बिस २०५७ सालमा गुल्मीको तम्घासमा स्थापना भएको सहकारीले कार्यक्षेत्र बिस्तार गरेको हो ।

    उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले बुटवलमा शनिबार एक कार्यक्रमका सहकारीको नवौं शाखा उदघाटन गरेका छन् । सो अवसरमा बोल्दै सुबेदीले बुटवल लगानी मैत्रीशहर बनेको बताउनुभयो । ।

    सहकारीका अध्यक्ष गोपाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा  बुटवल उपमहानगरपालिका ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, सहकारीका यज्ञप्रसाद पन्थी ,गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा. नारायण पन्थ,प्रेम सेन्चुरी लगायतले बोलेका थिए ।

    सो सहकारीका हाल १३ हजार शेयर सदस्य पुगेको सहकारीकी बरिष्ठ प्रशासन सहायक देबि मरासीनीले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology