Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुद्धनगर एग्रोफार्म रुपन्देहीको साधारणसभा : किसानले पाए क्रेडीट कार्ड

बुद्धनगर एग्रोफार्म रुपन्देहीको साधारणसभा : किसानले पाए क्रेडीट कार्ड

  • 4.5K
    SHARES

  • बुद्धनगर एग्रोफार्म रुपन्देहीको साधारणसभा : किसानले पाए क्रेडीट कार्ड

    बुटवल,पुस १० ।

    बुद्धनगर एग्रो फार्म लिमिटेड रुपन्देहीको तेस्रो बार्षिक साधारणसभा बुटवलमा भएको छ ।

    साधारण सभामा बोल्दै लुम्बिनी प्रदेशका संसाद विष्णु पन्थीले सरकारले कृषि क्षेत्रको विकासको लागि आशातितरुपमा काम गर्न सकेको बताएका छन् । उनले सरकारले उत्पादन पछिको बजारीकरण र विक्रि प्रर्वद्धनको लागि ठोस काम गर्न नसकेको भन्दै यसको लागि आफुले निरन्तर पहल गरिहेको बताए ।

    पछिल्लो समयमा सामुहिक रुपमा स्थापना भएका कृषि तथा कृषिजन्य उत्पादन देखि बजारीकरण सम्मको कार्यमा सफलता प्राप्त हुदै गएको भन्दै उनले यसको लागि उत्पादन र बजारीकरणलाई कृषिमा जोड्न सकेमा साँच्चै कृषि क्षेत्रले कायापलट गर्ने बताए ।

    कार्यक्रममा बोल्दै कृषि विकास बैंक लुम्बिनी प्रदेश का प्रमुख राजेश कुमार श्रीवास्तवलले कृषिलाई बैंक संग संमन्वय गरी कृषि कर्जा लगायतका किसान क्रेडिट कार्डको अवधारण बैंकले सुरुवात गरेको बताए ।

    कार्यक्रममा कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख हरि पण्डीत, होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद अधिकारी, बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष नरिश्वर पौडेल, सामुहिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र बर्मा,शेयर सदस्य किशोर महर्जन लगायतले शुभकामना दिएका थिए ।

    कार्यक्रममा गत आर्थिक बर्षमा फार्मले गरेको कार्य र आगामी आर्थिक बर्षको प्रक्षपीत योजनाको विषयमा बुद्धनर एग्रो र्फामा अध्यक्ष कुल बहादुर केसीले प्रतिवेदन पेश गरेका थिए ।

    कार्यक्रममा उत्कृष्ट किसानको रुपमा सगुन एग्रोप गु्रप प्रालिका सञ्चालक तिलकराम सुवेदी, उत्कृष्ट व्यवसायीको रुपमा नारायण फ्रेस हाउसका सञ्चालक नारायण साहनी क्षेत्री, उत्कृष्ट उपभोक्ता बुटवल ११ निवासी उषा केसी, उत्कृष्ट कर्मचारीको रुपमा बुद्धनर एग्रो फार्म लिमिटेडका लेखा अधिकृत सञ्जय सिजापतीलाई पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा कृषि विकास बैंक लिमिटेडबाट बा एग्रोफार्मका १ सय जना किसानलाई किसान क्रेडीट कार्ड प्रदान गरिएको थियो ।

    आईफार्डको परियोजना संयोजक रितु खनालका अनुसार बैंकले बुद्धनर एग्रो फार्मलाई पीओएस सफट्वेवर,एप्लीकेशन समेत प्रदान गरेको छ ।

    कार्यक्रममा स्वागत सन्तोष पौडेलले गरेका थिए भने सञ्चालन कम्पनी सचिव खड्क बहादुर थापाले गरेका थिए ।

     
     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology