कौरव खत्री/गुल्मी,पुस १० ।
गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाले आवद्ध मुसिकोट नगरपालिका ८ गुल्मी निवासी बालकृष्ण न्युरेको स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग गरेको छ ।
शुक्रवार विरामी न्यूरेलाई रु १ लाख,११ हजार,१ सय, ५९ रुपैयाको चेक सहयोग रकम गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको प्रतिनिधित्व गदै प्रतिनिधि रामकृष्ण कंडेलले न्यूरेलाई हस्तान्तरण गर्नु भएको थियो ।सहयोग रकमको चेक ग्रहण गर्दै ३७ वर्षीय फोक्सोको गम्भीर बिरामी बालकृष्ण न्युरेले आफूलाई आर्थिक सहयोग गर्ने गुल्मी समाज भिक्टोरिया एंव सम्पूर्ण सहयोगीदाताहरुलाई धन्यवाद दिनुभयो ।
गुल्मी समाज भिक्टोरिया अस्ट्रेलिया मार्फत अस्ट्रेलियामा विभिन्न पेसा व्यवसाय गदै आउनु भएका १८ जना गुल्मेलीहरुबाट रु १लाख,११ हजार,१ सय, ५९ रुपैया आर्थिक संकलन गरि विरामी न्यूरेलाई पठाएको गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाका अध्यक्ष माधव खरेलले जानकारी दिनुभयो ।
गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाले आफ्नो स्थापना काल देखि नै निरन्तर आफ्नो जन्मभूमीप्रती आफूले सक्दो सहयोग गदै आइरहेको र भावी दिनमा गुल्मी समाज भिक्टोरिया अस्ट्रेलिया अझ सक्रियताका साथ सामाजिक क्षेत्रमा सहयोग एंव सेवा अगाडी बढ्ने गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाका अध्यक्ष खरेलले जानकारी दिनुभयो ।
आर्थिक सहयोग संकलन कार्यमा गुल्मी समाज भिक्टोरिया अस्ट्रेलिया संस्थापक अध्यक्ष जनक गौतम,गुल्मी समाज भिक्टोरिया अस्ट्रेलिया सह–कोषाध्यक्ष टंक कंडेलको बिशेष पहल रहेको अध्यक्ष खरेलले जानकारी दिनुभयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा ज्ञानहरी सापकोटा,भिमसेन केसी,सुमन रायमाझी,सागर खत्री, खडानन्द कंडेल लगायतको सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)