Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल कोरोना विशेष अस्पतालमा थप २ संक्रमितको मृत्यु

बुटवल कोरोना विशेष अस्पतालमा थप २ संक्रमितको मृत्यु

  • 4.4K
    SHARES

  • बुटवल कोरोना विशेष अस्पतालमा थप २ संक्रमितको मृत्यु

    बुटवल,असाेज २१-

    बुटवल धागाे कारखानामा रहेकाे बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

    मृतकहरुमा सुख्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या थियो ।

    स्वास्थ्यमा समस्या भएपछि सुनवलबाटै पीसीआर परीक्षणका लागि असोज १५ गते स्वाब पठाई १६ गते पोजिटिभ नतिजा आएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको गएराती १२:५० बजे मृत्यु भएको हो । 

    असोज १७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याई पीसीआर परीक्षणा गरिएकाेमा नतिजा पोजिटिभ आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको गौतमले बताए ।  

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology