Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा २४ घण्टामा ३४३९ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या ५७८ पुग्यो

नेपालमा २४ घण्टामा ३४३९ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या ५७८ पुग्यो

  • 2.9K
    SHARES

  • नेपालमा २४ घण्टामा ३४३९ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या ५७८ पुग्यो

    बुटवल,असाेज २१-

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । संक्रमितको संख्या ९४ हजार २५३ पुगेकाे छ ।

    बुधवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४ हजार २०९ नमूना स्वाबको पीसीआर परीक्षण गरिएको र त्यसमध्ये ३४ सय ३९ मा कोरोना संक्रमण देखिएको बताएका हुन् ।

    यससँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।सक्रिय संक्रमितमध्ये १० हजार ५९६ संस्थागत आइसोलेसनमा रहेका छन् भने १४ हजार ४११ होम आइसोलेसनमा रहेका छन् ।

    पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ११ सय २६ रहेको छ भने हालसम्म ६८ हजार ६६८ ले कोरोना जितेर घर फर्किसकेका छन् ।

    संक्रमितमध्ये १६ सय ८४ काठमाडौँ उपत्यकाका मात्र रहेका छन् । डा.गौतमले काठमाडौँ जिल्लामा १२ सय ९६, भक्तपुरमा ९५ र ललितपुरमा २ सय ९२ जनामा कोरोना संक्रमण देखिएको बताए ।

    काठमाडौंका ६ सहित थप १५ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो :

    नेपालमा बुधबार एकैदिन १५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    ९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंमा ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    मोरङमा ४० र ६० वर्षीय पुरुष, सिराहामा ५० वर्षीया महिला, रौतहटमा ७२ वर्षीया महिला, ललितपुरमा ४६, चितवनमा ६१, रुपन्देहीमा ५५, नवलपरासीमा ७६ वर्षीय पुरुष र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको छ। 

    यसअघि मंगलबार नेपालमा ९ जनाको मृत्यु भएको थियो। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology