Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवल आइपुग्याे युरोपियन ब्राण्डको ‘स्कोडा कार’,मन्त्रीले गरे शाेरूम उद्घाटन

बुटवल आइपुग्याे युरोपियन ब्राण्डको ‘स्कोडा कार’,मन्त्रीले गरे शाेरूम उद्घाटन

  • 3.9K
    SHARES

  • बुटवल आइपुग्याे युरोपियन ब्राण्डको ‘स्कोडा कार’,मन्त्रीले गरे शाेरूम उद्घाटन

    बुटवल,मंसिर २७।

    बुटवलको कालिकानगरमा युरोपियन लिडिङ्ग ब्राण्डको स्कोडा कारको सोरुम र वोकसर्प सञ्चालनमा आएको छ । आयतकर्ता एमएडब्लु इन्टरप्रचाइजले एक कार्यक्रमका बिच बुटवलमा नयाँ सोरुम र वार्कसबको सुरुवात गरेको हो ।

    लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहले सोरुमको उद्घाटन गर्दै काठमाण्डौंमा मात्र बजार बनाएको स्कोडाले उपत्यका बाहिर पनि बजार स्थापित गर्न सफल हुने शुभकामना दिनुभयो ।

    लुम्बिनी प्रदेशमा स्कोडाले राम्रो बजार पाउने बताउँदै उँहाले अब नेपालमा नै गाडी बनाउने उद्योगको स्थापनाको आवश्यकतामा जोठ दिनुभयो । नेपालमा नै विद्युती गाडी उत्पादनको लागि आग्रह गर्दै केन्द्र र प्रदेश सरकारले विशेष सहयोग गर्ने मन्त्री शाहले बताउनुभयो ।

    ajay sahi.jpg एमएडब्लु ईन्टर प्राइजका कार्यकारी निर्देशक रौनक अग्रवाले स्क्याडोको डिलर नेटवर्क देशभर स्थापना गराई सुलभ रुपमा ग्राहकहरुलाई युरोपियन कारको सहज पहुँच पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

    उँहाले पश्चिम नेपालको बुटवलमा पहिलो पटक सोरुम र वर्कशप सञ्चालनमा ल्याईएको बताउनुभयो । सोरुमका सञ्चालक दिनेश श्रेष्ठले गाडीको सोरुमसँगै वोर्कसब पनि सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।  

    बुटवलमा आधिकारिक डिलर रोडवेज लाइफस्टाइनले दुई दिने कार्यक्रम गर्दै ग्राहकवर्गमा विशेष योजना ल्याएको उँहाले जानकारी दिनुभयो । कारको मुल्य ढेड कराेड छ ।

    कार बुकिङ्ग गर्ने ग्राहकलई आकर्षक नगद छुट,एक वर्षको सवारी कर छुट, निःशूल्क बीमा, टेष्ट ड्राइभरमा आकर्षक उपहार, एक्स्चेन्ज बोनस, रिफ्रेसमन्ट तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिने सोरुमका अर्का सञ्चालक दिपक श्रेष्ठले बताउनुभयो ।

    स्क्याडो गाडीको डिलर  पोखरा , नारायणगढ, बिराटनगर , विरगञ्ज, बिर्तामोड , जनकपुर, धनगढी र काठमाडौंमा रहेको छ । नेपालमा स्कोडाको गाडी २०६४ सालदेखि उपलब्ध हुँदै आएको छ ।  साे कार्यक्रम सञ्चाकर्मी सुमन श्रेष्ठले संचालन गरेका थिए ।

    carr.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology