Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवल कालिकापथमा ड्रिम इन्टरनेसनल होटल शुभारम्भ,राना र थापा परिवारको ५० करोड लगानी

बुटवल कालिकापथमा ड्रिम इन्टरनेसनल होटल शुभारम्भ,राना र थापा परिवारको ५० करोड लगानी

  • 8.4K
    SHARES

  • बुटवल कालिकापथमा ड्रिम इन्टरनेसनल होटल शुभारम्भ,राना र थापा परिवारको ५० करोड लगानी

    बुटवल,मंसिर २६ ।

    बुटवलको कालिकापथमा ५० करोड लगानीमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालनमा आएको छ । करीब ५ कठ्ठा आफ्नै स्वामित्वको जग्गामा नेपालीपन झल्किने गरी बनेको यो तीन तारे होटेल हो ।

    रुपन्देहीको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्ट समेत संचालन गरिरहेका युवा व्यवसायी गोपाल राना र बिष्णु थापाको पारिवारिक लगानीमा होटेल संचालनमा आएको हाे  । यसलाई बुटिक होटेलका रुपमा यसलाई चिनाउने गाेपाल रानाको चाहाना छ ।

    ४० कोठासहितको साे होटेलमा ४ वटा स्वीट रुम र बाँकी ३६ वटा डिलक्स रुम छन् । होटेलको बाहिरी बनोट र सुविधासम्पन्न रुमहरूले युरोपियन पर्यटकलाई पनि आकर्षित गर्ने संचालक रानाले आइतबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    मिलनचोक कालिकापथ हाइवेको प्राइम लोकेसनमा रहेको होटलमा पर्याप्त पार्किङ स्थल रहेको उनले बताए । कोरोना महामारीका कारण पर्यटन क्षेत्र थला परेको अवस्थामा पनि मुलुकको आर्थिक समृद्धिको दीगो आधार पर्यटन नै हो भन्ने आत्मविश्वासका साथ बुटिक होटेलमा लगानी गरिएको रानाले बताए ।

    ‘निजी क्षेत्रबाट होटेल पर्यटनमा ठूलो मात्रामा लगानी भएको छ, यो लगानीको प्रतिफल प्राप्तिका लागि सरकारले पर्यटनमैत्री नीति बनाउन आवश्यक छ’ रानाले भने ।’

    होटेलले आफ्ना पाहुनालाई बुटवल क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, हिलपार्क, सिद्धबाबा, रामापिथेकस पार्क, पाल्पाको रानीमहल,लुम्बिनी लगायतका स्थानमा घुमाउन र ती स्थानको पर्यटन प्रवर्द्धन गर्न टुर प्याकेज पनि सञ्चालन गर्ने योजना बनाइएको छ ।

    होटलमा ६० जना बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । होटेलमा सय जना क्षमताको दुई वटा कन्फेरेन्सरमिटिङ हल,ग्राउण्ड फ्लोरमा फाइन डाइनिङ रेष्टुरेन्ट,माथिल्लो तलामा बार र क्याफे तथा ट्यारेस रेष्टुरेन्ट रहेका छ्न ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology