Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

नेपाल मिडिया अवार्डको मुख्य प्रायोजन एलआइसी गर्ने,ब्लुचिप सहप्रायोजक !

नेपाल मिडिया अवार्डको मुख्य प्रायोजन एलआइसी गर्ने,ब्लुचिप सहप्रायोजक !

  • 2.2K
    SHARES

  • नेपाल मिडिया अवार्डको  मुख्य प्रायोजन एलआइसी गर्ने,ब्लुचिप सहप्रायोजक !

    बुटवल,मंसिर २२ ।

    आगामी पुसमा काठमाडाैँमा हुन गइरहेको नेपाल मिडिया अवार्ड २०७८ लाई लाइफ इन्स्योरेन्स करर्पोरेसन लिमिटेड  (एलआईसि नेपाल) ले मुख्य प्रायोजन गर्ने भएको छ । अवार्ड आयोजक कम्पनि ड्रिम हाइ नेपाल प्राली र एलआइसीबीच सोमबार सम्झौता पत्र आदान प्रदान भएको हो ।

    एलआइसीका तर्फबाट सिइओ लक्ष्मीप्रसाद दास र ड्रिम हाइ नेपालको तर्फबाट कमल जिसीले सम्झौता पत्रमा हस्ताक्षर गरे । टाइटल स्पोन्सर बापत मिडिया अवार्डलाई एलआएसीले कति रकम उलपब्ध गरायो भन्ने खुलाइएको छैन ।

    विभिन्न विधामा योगदान दिएका संचारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले गर्न लागिएको अवार्डको नाम सम्झौतासँगै अब ‘एलआइसी नेपाल मिडिया अवार्ड २०७८’ भएको छ । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा ड्रिमहाइ नेपालले यो अवार्ड गर्न लागेको हो ।

    गत वर्ष ड्रिम हाई नेपालकै आयोजनामा सम्पन्न ‘१० औं नेफ्टा फिल्म अवार्ड’ लाई पनि मुख्य प्रायोजन गरेको एलआईसिले उक्त कार्यक्रमको प्रसंशा गर्दै सञ्चारकर्मीहरुलाई सम्मान गर्ने मिडिया अवार्डमा सहकार्य गर्न पाउँदा प्रफुल्लित बनेको एलआइसी नेपाल प्रमुख दासले बताए ।

    यस्तै अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लुचिप अफ कम्पनी’ सह-प्रायोजनमा जोडिएको छ । नेपालमा व्यापार प्रवर्धन गर्ने उद्देश्यले यो प्रकारको कार्यक्रममा जोडिएको ब्लुचिपका सिइओ रविन्द्रनाथ सोनीले बताए । अवार्डको लागी हालसम्म १० बढी कर्पोरेट कम्पनीहरुसँग प्रायोजन सम्झौता भइसकेको आयोजक संस्थाले जनाएको छ ।

    टेलिभिजन, छापा माध्यम, एफएम रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत संचार माध्यम र संचारकर्मीको पछिल्लो एक वर्ष यताको उपस्थिति र प्रस्तुतीलाई आधार बनाएर सम्मान प्रदान गरिने आयोजक संस्थाका प्रमुख कमल जीसीले नागरिक अनलाइनलाइ बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology