बुुटवल,मंसिर २१ ।
सानिमा बैंक लिमिटेडले बुटवलका २ बिद्यार्थीहरुलाई शैक्षिक छात्रबृति दिने भएको छ । बैकको नीति अनुसार हरेक बर्ष २-२ जना बिद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रबृति दिने निर्णय गरेको हो ।
बैंकको बुटवल शाखाले दिने साे छात्रबृत्तिका लागि कान्तिमा अध्ययनरत २ जना गरिब जेहेन्दार बिद्यार्थीहरु छनौट भएको सानिमा बैंक लिमिटेड बुटवल शाखाले जनाएको छ ।
छात्रबृतिका लागि छनौट भएका बिद्यार्थीहरुमा बुटवल ४ आदर्शनगर घर भएका अग्रिम अर्याल र बुटवल ६ का जमुना पुरी रहेका छन् । उनीहरुलाइ छनौट गर्नुअघि निबेदकको अन्तरबार्ता र उनीहरुको बिबरण अध्ययन गरेर मात्रै छनौट गरिएको थियो ।
यसका लागि बैंकले शैक्षिक छात्रवृत्तिको लागि आवेदन खुला गरेको थियाे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ ।
बैंकले सन् २०१२ देखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको पनि जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)