Logo बुधवार, कार्तिक १२ गते २०८३
images

अनेमसंघ (समाजवादी )रुपन्देहीमा १०१ सदस्यीय जिल्ला कमिटी,अध्यक्षमा सरस्वती पोखरेल चयन

अनेमसंघ (समाजवादी )रुपन्देहीमा १०१ सदस्यीय जिल्ला कमिटी,अध्यक्षमा सरस्वती पोखरेल चयन

  • 3.9K
    SHARES

  • अनेमसंघ (समाजवादी )रुपन्देहीमा १०१ सदस्यीय जिल्ला कमिटी,अध्यक्षमा सरस्वती पोखरेल चयन

    बुटवल,मंसिर २० ।

    अनेमसंघ (समाजवादी )रुपन्देहीको अध्यक्षमा सरस्वती पोखरेल चयन भएकी छन् । बुटवलमा साेमबार भएको प्रथम जिल्ला भेलाले १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हाे । जिल्ला कमिटीको उपाध्यक्षमा सुबर्ण कुवर र आशा चौधरी ,सचिबमा तुलसी पोखरेल खनाल ,सहसचिव शारदा भट्टराइ पहारी र कोषाध्यक्ष सीता पोखरेल रहेका छन् ।

    साे अवसरमा नेकपा एकिकृत समाजवादीका नेताहरुले तल्लो तहसम्म संगठन विस्तारलाई तिव्रता दिन कार्यकर्तालाई आग्रह गरेका छन । नेकपा एमालेमा केपि ओलीको व्यक्तिवाद र पार्टीमा लागेकाहरुलाई निषेध गरेर सर्वसत्तावाद लागू गरेकाले त्यसलाई चिर्दै विचारको पार्टी बनाउने अभियानमा सामेल हुन आग्रह गरेका हुन ।

    अखिल नेपाल महिला संघ, समाजवादी रुपन्देहीको सोमबार बुटवलमा भएको प्रथम भेलामा बोल्दै नेताहरुले जनवर्गिय संगठन निर्माणमा जुट्न कार्यकर्तालाई अपिल गरे ।

    उक्त अवसरमा बोल्दै अखिल नेपाल महिला संघ समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्रलक्ष्मी गैरेले महिला मुक्ति र समानताका लागि समाजवादी पार्टीमा गोलबन्द हुन आग्रह गरिन । उनले दुई तिहाई नजिकको सरकारमा हुँदा कम्यूनिष्ट धारलाई छाडेर संसद विघटनमा गएकाले एमालेबाट विद्रोह गर्नुपरेको बताईन ।

    भेलामा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले कुनै बेला माधव नेपालले गल्ती गर्दा पनि केपि ओलीलाई संरक्षण गरेको स्मरण गर्दै अहिले उल्टो बिषालू सर्प बनेर डसेको टिप्पणी गरे । उनले अहिले आफूहरुको पार्टीमा जोडिनेहरुको संख्या बढ्दै गएकाले आगामि चुनावसम्म देशैभर समाजवादीमा प्रवेश गर्नेको लहर चल्ने बताए ।

    भेलामा अर्का केन्द्रीय सदस्य तथा रुपन्देहीका सहइन्चार्ज सिद्धिचरण भट्टराईले संसद विघट गरेर पार्टी र देशलाई ओलीले दुर्घटनामा धकेलेको बेला माधव नेपालले बचाउने काम गरेको बताए । संविधानको रक्षा गर्दै एमालेबाट विद्रोह गर्नुपरेकाले विचार र कम्यूनिष्ट आचरण भएकाहरुले समाजवादी नै रोज्नुपर्ने बताए । अखिल नेपाल महिला संघ समाजवादीका केन्द्रीय सदस्य उमादेवी काफ्लेले महिला समानता र सवैधानिक अधिकार रक्षाका लागि आफूहरु सदैव लडिरहने बताईन ।

    उक्त अवसरमा नेताहरु डोलेन्द्र गहतराज, युबा संघ केन्द्रीय उपमहासचिव सरिता श्रीस ,बुटवल उपमहानगरकमिटी अध्यक्ष चीन ब गुरुङ , बुटवल उपमहानगरकमिटी सचिब लोकराज शर्मा ,देवदह नगरपालिकाका जनप्रतिनिधि एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य सरस्वती पोखरेल लगायतले बोलेका थिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology