Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलको योगिकुटीमा ‘गार्डेन मार्ट’ को १५ औं शाखा शुभारम्भ,मन्त्री हमालले गरे उद्घाटन

बुटवलको योगिकुटीमा ‘गार्डेन मार्ट’ को १५ औं शाखा शुभारम्भ,मन्त्री हमालले गरे उद्घाटन

  • 2.3K
    SHARES

  • बुटवलको योगिकुटीमा ‘गार्डेन मार्ट’ को १५ औं शाखा शुभारम्भ,मन्त्री हमालले गरे उद्घाटन

    बुटवल,मंसिर १८ ।

    शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बुटबलमा ‘गार्डेन मार्ट’को नयाँशाखा सञ्चालनमा ल्याएको छ ।लुम्बिनी प्रदेशको व्यवसायीकहव र औद्योेगिक नगरीका रुपमा चर्चित बुटबलको योगिकुटी चोकमा सहकारीले आफनो २३ औं सदस्य सेवा केन्द्रसँगै गार्डेन मार्ट सञ्चालनमा ल्याएको हो । 
    शनिवार एक कार्यक्रमकावीच लुम्बिनी प्रदेशका वन वाताबरण तथा भू संरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालले मार्टको शुभारम्भ गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री हमालले प्रतिस्पर्धाले उपभोक्तालाई सहज र सुलभ मूल्यमा सामान पाउने अवस्था रहने बताउँदै यस्ता मार्टको सञ्चालनले स्थानीय उपभोक्तालाई धेरै फाइदा पुग्ने बताउनुभयो ।

    सहकारीका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमका अनुसार बुटबलमा सञ्चालनमा आएको यो गार्डेन मार्टको १५ औं शाखा हो ।यसअघि सहकारीले डडेलधुरा, भक्तपुरको कमलविनायक, किर्तिपुर, लतिलपुरको ठैब, मकवानपुरको हेटौडा, चितवनको टाँडी, पोखरा, बाग्लुङ, दाङको तुल्सिपुर, बाँकेको नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, झापाको दमक र उदयपुरको गाइघाटमा गार्डेन मार्ट सञ्चालनमा ल्याइसकेको छ । 
    भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको यो सहकारी संस्थाले आफना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्यबस्तु उपलब्ध गराउन गार्डेन मार्ट सञ्चालनको अवधारणा ल्याएको जनाएको छ ।

    उपभोक्ताले एउटै छानामूनी आधुनिक किनमेलको अनुभव पाउन भनेर हामीले गार्डेन मार्ट सञ्चालन गर्यौं कार्यकारी अधिकृत गौतमले भने—‘हाम्रो मार्टमा उपभोक्ताले सुलभ मूल्यमा दैनिक उपभोग्यबस्तु किनमेल गर्न पाउनेछन् ।’गौतमका अनुसार मार्टमा यपभोक्ताले उपकार ब्रान्डका चामल, दाल, चियापत्ति, चकलेट, ध्यू, महलगायतकादैनिकउपभोग्य सामग्री, विद्युतीय सामग्रि, लत्ता कपडा, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्यागलगायतका सामग्रीहरु राखिएको छ ।

    शुभारम्भको अवसरमा मार्टले सम्पुर्ण सामाग्रीहरुमा बिषेश छुट समेत व्यवस्था गरिएको छ  ।शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थालेआफना शेयर सदस्यको हितकालागिविभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । यो सहकारीले मुलुकभर ६ सय ७५ ब्यक्तिलाई प्रत्यक्ष रोजगारीको दिएको छ । 
     

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology