बुटवल,मंसिर १७ ।
ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग सेवातर्फ आर्कर्षित गराउने उदेश्यका साथ ग्लोबल आइएमइ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्वन्धी प्रशिक्षण प्रदान गरेको छ ।
बुटवलको मिलनचोक र चौराहा शाखाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी बुटवलको सिद्धार्थ कटेजमा आफ्नो ग्राहकहरुलाई बिहीबार उक्त प्रशिक्षण प्रदान गरेका हुन । कार्यक्रममाबैंककी रेमिट्यान्स विभाग प्रमुख स्वेच्छा राणाले प्रशिक्षण प्रदान गरेकी थिईन । सो क्रममा ग्राहकहरुलाई बैंकले उपलब्ध गराउँदै आएका विभिन्न डिजिटल सेवाहरु कसरी प्रयोग कसरी गर्ने उक्त सेवाहरुबाट हुने सुविधा तथा जोखिमका बारेमा प्रयोगात्मक रुपममै प्रशिक्षण गराइएको थियो ।
मिस्डकल बैंकि·को माध्यमबाट खातामा रहेको रकम चेक गर्ने, मोवाईलमा तुरुन्तै रिचार्ज गर्नै जस्ता सेवाहरु प्रशिक्षण गराइएको थियो । कार्यक्रमको स्वागत शाखा व्यवस्थपक डम्बर ठकुराठीले गरेका थिए । बैंकले देशभरका सबै ग्राहकहरुमाझ डिजिटल सेवाको पहुचता का साथै बित्तीय साक्षरता प्रद्यान गर्ने उदेश्यले यो अभियान संचालन गरेको हो ।
जसअन्र्तगत लुम्बिनी प्रदेशमा सोमबारदेखि यो अभियान संचालन भइरहेको हो । बिहीबार बुटवलको मिलनचोक र गोलपार्कमा दुई स्थानमा यो कार्यक्रम संचालन गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)