बुटवल,मंसिर २ ।
नेपालकै नमूना अटो भिलेज,बुटवल–२ मैनाबगरमा मैनाबगर अटो ल्याण्ड प्रा.लिको शुभारम्भ भएको छ ।
बुटवलका ४ जना युवा मिलेर करिब ८ करोड लागतमा सञ्चालनमा आएको उक्त अटो ल्याण्डको बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री, श्रम तथा यातायात मन्त्री, भारतीय सवारी निर्माण कम्पनी अग्नी ग्रुपका कार्यकारी निर्देशक लगायतले संयुक्त रुपमा उद्घाटन गरे।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अटोका क्षेत्रमा लुम्बिनी प्रदेश अगाडि रहेको बताउँदै व्यवस्थापन र प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । उनले स्वदेशमै रोजगार सिर्जना गर्ने अटो क्षेत्रको विकासका लागि प्रदेश सरकारले बनाउनु पर्ने योजना र गर्नुपर्ने भूमिकाका लागि सहकार्य गर्न आवश्यक रहेको उल्लेख गर्दै अटो व्यवसायीका हितमा काम गर्ने जनाए ।
त्यसैगरी श्रम तथा यातायात मन्त्री पुर्मती ढेँगाले यातायात क्षेत्रमा विकास र वृद्धि भएको बताउँदै व्यवस्थित बनाउन विभिन्न पहल भएको जानकारी गराइन् । मैनाबगर अटोल्याण्डका अध्यक्ष सुदन ज्ञवालीले भाडाका सवारीधनिको मर्कालाइ बुझेर २४ घन्टा सर्भिस दिनेगरी योजना बनाएको बताएका थिए ।
कम्पनीलाइ सातै प्रदेशमा बिस्तार गर्ने लक्ष सुनाउदै कम्पनिलाइ प्रा ली बाट पब्लिक लिमेटेड मा लैजाने देखि मैनाबगरको अटो भिलेजलाइ स्थायी रुपमा अटो हवमा परिणत गरि पुर्वाधार बिकासमा लगानी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
अटो ल्याण्डमा ४० जना भन्दा बढीलाइ राेजगारी दिइएको अध्यक्ष ज्ञवालीले नागरिक अनलाइनलाइ बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)