बुटवल,कात्तिक २५ ।
गुल्मी जुनियाँ तराई सम्पर्क समाजका अध्यक्ष खडकबहादुर शाहीले गुल्मीका ३ बिद्यालयलाइ सहयाेग गर्नुभएको छ ।
शाहीले आफ्नी श्रीमतिको ६ महिने पुण्य तिथिमा श्रीमति हुमकुमारी शाहीको जन्मस्थल सत्यवती गांउपालिका वडा न ४ लिम्घामा रहेका ३ बिद्यालय पुष्पमोहन आधारभूत बिद्यालय,सत्यवती आधारभुत बिद्यालय र सरस्वती माबिमा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।
शाहीले २ थान कम्प्युटर,ट्रयाक सुट,ब्याग ,कापि,कलम हस्तान्तरण गर्नुभएको हो ।

सो अबसरमा पूर्व गाबिस अध्यक्ष पूर्णबहादुर शाही ,सत्यवती गांउपालिका ४ लिम्घाका अध्यक्ष दानबहादुर राना,सरस्वती माबिका अध्यक्ष नरसिंह शाही,सत्यवती आधारभुत बिद्यालयका अध्यक्ष गंगबहादुर शाही,पुष्पमोहन प्राबिका अध्यक्ष मित्रलाल ज्ञवाली,सरस्वती माबिका प्रधानाध्यापक भुपलाल ज्ञवाली,सरस्वती प्राबिका प्रधानाध्यापक तिलक खप्तरी, पुष्पमोहन आधारभूत बिद्यालयका प्रधानाध्यापक शुस्मा मल्ल शाही ,गंगबहादुर शाही,सुरज शाही लगायतले बोलेका थिए ।
सो अबसरमा बोल्ने बक्ताहरुले स्व शाहीले सो क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै १ मिनेट मौन धारण गरेर उहालाइ स्मरण गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)