बुटवल,कार्तिक ११ ।
महिन्द्रा इलेक्ट्रिक मोबिलिटीको थ्री–ह्विलर इलेक्ट्रिक अटो रुपन्देहीमा लञ्च गरिएको छ । महिन्द्राको आधिकारिक बिक्रेता ग्रिन ड्राइभ ग्रुप प्रा.लि.ले बिहीबार एक समारोहका बीच रुपन्देहीको तिलोत्तमा स्थित शोरुमबाट ट्रियो नामक इलेक्ट्रिकअटो बिक्रि शुभारम्भ गरेको हो ।
नेपालमा बढ्दो विद्युतीय सवारीसाधनको माग र आवश्यकतालाई मध्यनजर गरी यहाँको भौगोलिक अवस्थाको पनि अध्ययन गरी उक्त अटो बिक्री वितरण सुरु गरिएको नेपालका लागि महिन्द्राको अधिकृत इभी वितरक अग्नि इनर्जीका कार्यकारी म्यानेजर प्रमोद भण्डारीले बताए ।
लञ्चिङ कार्यक्रममा बोल्दै अटोका आधिकारिक बिक्रेता ग्रिन ड्राइभ गु्रप प्रा.लि.का अध्यक्ष अजय कुमार खाती क्षेत्रीले एक पटकको लगानीले लामो समयसम्म निरन्तर आम्दानी र बचत गर्न सकिने साधनको रुपमा रहेको दाबी गरे । लञ्च गरिएको विद्युतीय अटोको मूल्य ८ लाख ४० हजार रहेको छ ।अटो लञ्चिङ कार्यक्रममा अटो बारे जानकारी दिँदै महिन्द्रा कम्पनीका एक्सपोर्ट हेड हिमांशु अग्रवालले अटोबाट वार्षिक २ लाख खर्च बचत हुने दाबी गरे ।
उनले प्रतिकिमि ०.८ रुपैयाँभन्दा कमको सञ्चालन लागत,फुल चार्ज आठ युनिट, प्रतियुनिट १२ रुपैयाँ र एक सय २० किमि गुड्ने, आठ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क, मर्मत–सम्भारमुक्त, एक लाख ५० हजार किलोमिटर ब्याट्रीको आयु, तीन वर्ष वा ८० हजार किमि वारेन्टी , जस्ता विशेष्ताहरु रहेको बताउँदै उक्त दाबी गरेका हुन् ।
एक्सपोर्ट हेड अग्रवालले प्रतिचार्जमा एक सय ३० किमिसम्मको प्रयोगयोग्य रहेको बताउँदै अटोकाृ तीन् वर्ष वा ८० हजार किमि वारेण्टी र ५ वर्षसम्म अटोले लागत उठाउने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)