Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

न्यादी हाइड्रोपावरको सेयर बाँडफाँट,२ लाख ९ हजार २५० जनाले पाए सेयर 

न्यादी हाइड्रोपावरको सेयर बाँडफाँट,२ लाख ९ हजार २५० जनाले पाए सेयर 

  • 2.1K
    SHARES

  • न्यादी हाइड्रोपावरको सेयर बाँडफाँट,२ लाख ९ हजार २५० जनाले पाए सेयर 

    बुटवल,कात्तिक ६ ।

    न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रबार बिहान सेयर बाँडफाँट भएको हो। आवेदकमध्ये २ लाख ९ हजार २५० जनाले कम्पनीको सेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ।

    कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको थियो।

    यस कम्पनीको आईपीओमा २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ। यी आवेदकहरुबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको थियो, जुन मागभन्दा १४ गुणा बढी हो। कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो।

    सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको हो।

    कम्पनीको आईपीओमा २३ लाख ५७ हजार १६६ आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवदेन परेको थियो।

    कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यस आयोजनको निर्माण लागत अनुमानित ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रुपैयाँ रहेको छ । हाल कम्पनीमा संस्थापक सेयरधनी समूहबाट चुक्ता भएको ७३ प्रतिशत स्वामित्व रू। १ अर्ब ९ करोड ५० लाख रहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology