Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

तिलोत्तमा–६ गोर्कट्टामा चार करोड लगानीमा झुंगी कटेज एण्ड रेस्ट्रो सञ्चालनमा

तिलोत्तमा–६ गोर्कट्टामा चार करोड लगानीमा झुंगी कटेज एण्ड रेस्ट्रो सञ्चालनमा

  • 7.8K
    SHARES

  • तिलोत्तमा–६ गोर्कट्टामा चार करोड लगानीमा झुंगी कटेज एण्ड रेस्ट्रो सञ्चालनमा

    बुटवल असाेज २१ ।

    रुपन्देहीको तिलोत्तमा–६ गोर्कट्टामा झुंगी कटेज एण्ड रेस्ट्रो सञ्चालनमा आएको छ ।

    पारिवारिक बाताबरणमा मौलिक खानाका परिकारहरुसहित आरामदायी बसोबासको ब्यबस्था सहित चार करोड लगानीमा रेस्ट्रो सञ्चालनमा आएको हो ।आज एक समारोहकाबिच तिलोत्तमा ६ का वडाध्यक्ष सुखदेब न्यौपानेले रिबन काटेर शुभारम्भ गर्नुभयो ।

    उद्घाटन अघि गरिएको पत्रकार सम्मेलनमा बोल्दै रेष्ट्रोका संचालक शिव रिजालले नेपाली, इन्डियन, कन्टिनेन्टल,माछाको परिकार, तन्दुरीसंगै सेकुवा र छोइलाको स्वाद चाख्ने पारखीसहित खाना र आरामदायी बसोबासको ब्यबस्था रहेको बताउनुभयो ।jhungi hotel.jpg

    बुटवल मिलनचोक तीनकुनेमा २०५८ सालबाट होटल संचालन गर्दै आउनुभएका शिव रिजाल झुंगी कटेज एण्ड रेस्ट्रो मार्फत स्वादका पारखीलाई नया र फरक स्वाद दिन लागेको बताउनुभयो ।लामो समयको लकडाउनसंगै बन्द रहेको अर्थतन्त्र पछि नया योजनाका साथ रेस्ट्रो संचालनमा ल्याइएको संचालक देवी पाण्डेले बताउनुभयो ।

    चार करोड लगानीमा संचालन भैरहेको रेस्ट्रोमा  एसी तथा ननएसी ८ वटा मात्र सुविधायुक्त रुम, व्यवसायिक मिटिङ, वार्षिक साधारण सभा तथा बिबाह ब्रतबन्ध पार्टी र भोजका जस्ता शुभकार्यका लागि पूर्ण एसीसहितको हलको व्यवस्था गरिएको पाण्डेको भनाइ छ ।

    पत्रकार माेहन न्याैपानेको संचालनमा भएको सो पत्रकार सम्मेलनमा सुदीप पाण्डे,अमरदीप बिसी लगायतले बोलेका थिए । शुभारम्भका अवसरमा ३ दिनसम्म सांगितिक कार्यक्रम गरिने सुदीप पाण्डेले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology