Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

शारिरिक अपाङ्गता भएका व्याक्तिलाई बाख्रा पालन तालिम

शारिरिक अपाङ्गता भएका व्याक्तिलाई बाख्रा पालन तालिम

  • 2.7K
    SHARES

  • शारिरिक अपाङ्गता भएका व्याक्तिलाई बाख्रा पालन तालिम

    बुटवल, असोज ३ ।  

    शारररिक अपाङ्गता भएका व्याक्तिहरुको लागि रुपन्देहीमा ५ दिने व्यवसायीक बाख्रा पालन तालिम सुरु भएको छ ।  राष्ट्रिय शाररिक अपाङ्ग संघ नेपाल र राष्ट्रिय शाररिक अपाङ्गता संघ रुपन्देहीको आयोजना र सिलोम सेन्टर फर  द ब्लाईन्ड कोरिया को आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।

    राष्ट्रिय शारररिक अपाङ्गता  संघका अध्यक्ष किरण सिल्पकारको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यको प्रमुख आतिथ्यातमा तालिम शुरुवात गरिएको छ ।

    कार्यक्रममा बोल्दै उप प्रमुख आचार्यले अपाङ्गता हुदैमा कोही पनि कमजोरी वा अभागी नहुने भन्दै उचित सिप र परिश्रममले नमुना उद्यमी बन्न सकिने बताईन । उनले यसको लागि स्थानिय सरकार जहिले पनि तयार रहेको भन्दै यसमा सहकार्य गरी उद्यमशिलता बनाउने अभियानमा आफु जहिले पनि लागिपरेको बताईन ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष रमा ढकालले अपाङ्गता भएका व्याक्तिहरुले केही पनि गर्न सक्दैनन,  उनीहरु समाजका बोझ मात्रै हुन भन्ने परम्परागत सोँचलाई परिर्वतन गर्न आवश्यक रहेको बताईन । उनले  सिप सिकेर समाजमा उदाहरणीय पात्र बन्नको लागि समेत आग्रह गरिन ।

     बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र शुद्धोधन  गाउँपालिका गरी ३ पालिकाका २० जना शाररिक अपाङ्गता भएका व्याक्तिहरुको तालिममा सहभागीता रहेको छ । कार्यक्रममा राष्ट्रिय शाररिक अपाङ्गता संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकाल,  रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसी लगायतको सहभागीता रहेको थियो ।

    पार्वती न्यौपानेको सञ्चालनमा रहेको कार्यक्रमको ५ दिन सम्म  प्रशिक्षक सुमन भट्राई, विष्णु प्रसाद रिमाल लगायतले सहजीकरण गर्ने छन् ।  संस्थाले प्रति परिवार २०-२० हजार रुपैयाँ बाख्रा खरिदको लागि आर्थिक सहयोग समेत गरेको छ भने आवश्यक दाना समेत प्रदान गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology