बुटवल,असाेज ३।
रुपन्देहीको तिलोत्तमा ७ भलवारीमा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष गोबिन्द शर्मा बस्यालेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सल्लाहकार देवानन्द पाण्डेले सरकारले ल्याएको सहकारी ऐन कार्यान्वयन हुन नसकेको औंल्याउँदै कार्यान्वयन हुन नसकेका बुँदाहरुलाई संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पाण्डेले सहकारीलाई ऋण लगानी गर्न नियन्त्रण गरेपनि बचत गर्न नियन्त्रण गर्न नहुने बताउनुभयो । सचिव गणेशप्रसाद सुबेदीको संचालन र उपाध्यक्ष रुद्रबहादुर थापाको स्वागतमा भएको कार्यक्रममा लेखा संयोजक हेमनाथ ज्ञवालीको लेखा प्रतिबेदन र सहकारीको आर्थिक,बार्षिक प्रतिबेदनहरु पास गरिएको छ ।
सो अवसरमा संस्थाका सल्लाहकार गोपाल न्यौपाने,शिक्षा उपसमितिका इन्दिरा गिरी,माधबराज ढकाल ,शिक्षा समितिका संयोजक दीपक ढकालले संस्थाको प्रतिबेदनमाथि राय सुझाव पेश गर्नुभयो ।
सहकारीले आव २०७८–७९ का लागि ८८ लाख ७२ हजारको खर्च र ९ करोड ३० लाख ९ हजारको अनुमानित आम्दानी अपेक्षा गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)