Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाली हर्ट ग्रुपले बुटवलका दुई आश्रममा बाँड्यो खाद्यान्न सामाग्री

नेपाली हर्ट ग्रुपले बुटवलका दुई आश्रममा बाँड्यो खाद्यान्न सामाग्री

  • 3.5K
    SHARES

  • नेपाली हर्ट ग्रुपले बुटवलका दुई आश्रममा बाँड्यो खाद्यान्न सामाग्री

    बुटवल, असोज २ । 

    नेपाली हर्ट ग्रुपले बुटवल ११ को देबिनगरमा रहेको नपाल अपांग आश्रम र मानव सेवा आश्रम बुटवल ८मा आर्थिक खाद्यान्न सहयोग गरेको छ ।

    ग्रुपका अन्तर्राष्ट्रिय होस्ट तथा अध्यक्ष डिल्लीराज पराजुलीले टीकटक लाइभ बसेर देश बिदेशका सहयोगी मनबाट रकम संकलन गरेर आश्रममा सहयोग गरिएको बताए ।

    ग्रुपका अन्तर्राष्ट्रिय होस्ट तथा अध्यक्ष डिल्लीराज पराजुली,गोबिन्द थापा काठमाडौ संयोजक,उपाध्यक्ष मिना वली,नारायण भुर्तेल,कोषाध्यक्ष सरस्वती पराजुली ,टंक भुसाल, लगायत सहभागी थिए ।  

    मानव सेवा नै धर्म हो भन्ने नाराका साथ स्थापना भएको टिकटक चलाउनेहरूका संस्था सो ग्रुपले अपांग आश्रममा दाल चामल,तेल,कपडा,नुन,लगायतका सामाग्री गरि ८० हजार बराबरको सामाग्री हस्तान्तरण गरेको हो ।

    यस्तै मानव सेवा आश्रममा करिब ४० हजार बराबरको खाद्यान्न हस्तान्तरण गरिएको हो ।  आश्रमका अध्यक्ष डोलबहादुर रामदामले सहयोगलाइ निरन्तरता दिन आग्रह गरेका थिए ।

    नेपाली हर्ट ग्रुपले देशका बिभिन्न स्थानमा पुगेर सहयोग गर्दै आइरहेको र याे २१ औँ कार्यक्रम भएको नेपाली हर्ट ग्रुपका कोषाध्यक्ष सरस्वती पराजुलीले नागरिक अनलाइनलाई बताइन् ।

    help.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology