बुटवल,भदौ २९ ।
लायन्स क्लब अफ बुटवल सनराइजले बाल दिबशको अवसरमा शौक्षिक सामाग्री वितरण गरेको छ ।
क्लबले सुस्त मनस्थिती बाल मन्दिर सैनामैना नगरपालिका ८ रामापुरका विद्यार्थीहरुलाई शौक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।
लायन्स क्लब अफ शन्राईजका अध्यक्ष शंकर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा प्रमूख अतिथि क्लबका संस्थापक अध्यक्ष सनुन्द्र श्रेष्ठ, विशिष्ट अतिथि सुस्त मनस्थिती बाल मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवलाल पोखरेल अभिभाबक संघका अध्यक्ष राम प्रसाद अधिकारी, सदस्य जिबलाल पोखरेल, क्लबका काषध्यक्ष सविन शर्मा, सदस्य थर्ड भिबि डिम्पल भण्डारी, लक्ष्मण पन्थ, जिवन पौड्याल लगायत अभिभावक, शिक्षक विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
क्लबका सेकेन्ड भिपि राजन पाण्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमूख अतिथी श्रेष्ठले संस्थाको अवस्था देखेर आफू निकै भावुक भएको बताउदै यस संस्थाको विकासको लागि क्लबले सक्दो सहयोग गर्ने बताउनुभयो ।
व्यवस्थापन समितिका अध्यक्ष शिवलाल पोखरेल कार्यक्रममा बोल्दै संस्थाको विकासको लागि कुनै स्थानिय निकाएबाट सहयोग नभएको तर यस क्लबले निकै प्रसंसनिय कार्य गरेकोमा धन्यबाद दिनुभयो ।
शिक्षिका शुशीला पन्थले क्लबले संस्थाको समस्यालाई केही समाधान गरेको र आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा सहित धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमको संचालन संयोजक तथा क्लबका सचिव अमर पन्थले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)