Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलमा कालिकानगरमा देउराली उपभोक्ता सहकारी संस्था स्थापना

बुटवलमा कालिकानगरमा देउराली उपभोक्ता सहकारी संस्था स्थापना

  • 5.1K
    SHARES

  • बुटवलमा कालिकानगरमा देउराली उपभोक्ता सहकारी संस्था स्थापना

    बुटवल,भदौ १९ । 

    बुटवलमा उपभोक्ता सहकारी संस्था स्थापना भएको छ । रुपन्देही खुद्रा किराना व्यवासयी संघ संरक्षक बनेको देउराली उपभोक्ता सहकारी संस्थाको बुटवल कालिकानगरमा उद्धाटन भएको छ ।

    रुपन्देही सहकारी संघका अध्यक्ष भिम तुलाचनले उद्घाटन गर्दै उपभोक्ता सहकारी अन्य सहकारी भन्दा भिन्न रहेको भन्दै सहकारीको मर्म अनुसार उपभोक्ता सहकारीवाट स्थानीय उपभोक्ताले लाभ लिन सक्ने वताए । उनले सहकारी केवल नाफामुखी नभई समाजिक उत्तरदायित्वमुखी बन्नुपर्ने बताए ।

    सहकारीका अध्यक्ष महेन्द्र पोखरेलको अध्यक्षता भएको कार्यक्रमा संरक्षक खुद्रा किराना व्यवसायी संघका अध्यक्ष ज्ञान प्रसाद न्यौपानेले संघले सहकारी स्थापना गर्ने बर्षेदेखिको प्रयास स्मरण गर्दे सवैको प्रयास सफल भएको बताए ।

    रुपन्देही व्यपार संघका अध्यक्ष यमलाल लोहनीले संघकै पहलमा उत्पादनतिर ध्यान जानुपर्ने बताए। कार्यक्रममा संघका संस्थापक टिकाराम गैर,सल्लाहकार कृष्णप्रसाद पाण्डे लगायत बोल्दै  सानो पूँजी र सीपलाई प्रयोग गर्दै उपभोक्ता र संघ दुवै फाईदा पुराउने  काम गनुपर्ने बताए ।

    थानेश्वर अर्यालको संचालनमा भएको कार्यक्रमका स्वागत उपाध्यक्ष शंकर पाण्डेले गरेका थिए । सहकारीले उद्योगबाट खरिद गरेको बस्तुहरु खुद्रा किराना व्यवसायीहरु विक्री गर्ने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology