बुटवल,भदौ ५ ।
बुटवलको पाल्पा बसपार्कमा छेउमा संचालित बटाैली बेकरी क्याफेबाट पार्किङमा राखेको मोटरसाइकल चोरी भएको छ । क्याफे संचालक दिनेश श्रेष्ठले आफ्नै पार्किङमा राखेको २२० सीसीको लु ७७ प ८२४७ को सेतो रङको पल्सर गएराति ९:३० बजेको आसपासमा चोरी भएको क्याफे संचालक दिनेश श्रेष्ठले नागरिक अनलाइनलाई जानकारी दिए ।
उनले बुटवलमा सेतो रंगसहितको फरक प्रकारको मोटरसाइकल अरुको नभएको दाबी गरेका छन् । उनले मोटरसाइकल चोरी भएको बारेमा इलाका प्रहरी कार्यालय बुटवलमा जानकारी गराएको र खोजी भैरहेको बताए । श्रेष्ठले सो बाइक कसैले देखेमा वा भेटाएमा सहज रुपमा उपलब्ध गराइदिन समेत अनुरोध गरेका छन् ।
३ लाख ६० हजार मुल्यमा खरिद गरेको ५ दिनमै साे बाइक चाेरी भएको हाे । पछिल्लाे समय यसरी माेटरसाइकल हराउने क्रम बढेको प्रहरीले बताएको छ । चाेरी भएको साे माेटरसाइकलबारेमा सबैतिर खोजीकार्य भैरहेको बुटवल प्रहरीले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)