Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

२५ लाख लगानीमा बुटवलमा एम बि चिकेन च्वाईस

२५ लाख लगानीमा बुटवलमा एम बि चिकेन च्वाईस

  • 5.0K
    SHARES

  • २५ लाख लगानीमा बुटवलमा एम बि  चिकेन च्वाईस

    बुटवल, भदौ ४ ।

    रुपन्देहीका एक युवा उद्यमीले एमबि चिकेन च्वाईस आउटलेट मार्फत सेवा शुरु गरेका छन्। कुखुराको मासु तथा रेडिमेड परिकारहरु सर्वशुलभ मुल्यमा उपलब्ध हुने गरि मिलनचोकमा आउटलेट शुभारम्भ गरिएको हो ।

    मिलनचोकमा मुख्य आउटलेट सहित ईट्टाभट्टीमा किचन राखिएको संचालक यम बरालले बताए। अहिलेसम्म लगानी २५ लाख लगानी भएको उनले बताए। भारतमा लामोसमय ग्रिन चिकचक नामको चिकन आईट पाईने कम्पनीमा अनुभव लिएका मामा रमेश लोहनीको अनुभवलाई भजाएर बरालले स्वदेशमा नै ब्यवसाय शुरु गरेका हुन।

    मिलनचोक तिनकुनेस्थित आउटलेटमा चिकन सलामी, चिकन सिख कबाब, चिकन रोल, चिकेन ककटेल, चिकन लालिपप, चिकन पकौडा, रोस्टेड चिकन टिक्का, चिकन समोसा, रोस्टेड चिकन टङरी, रोष्टेड मलाई टिक्का, चिकनरोल मलाई टङरी, कहराई चिकन बोनलेस,चिकन समी कबाब, चिकन ड्रम स्ट्रिक, फुल चिकन स्किन, चिकन किमा, चिकन पिकल लगायत ३५ बढि चिकनका परिकार साथै मटन सिख कबाब समेत पाईने उनले बताए।

    आउटलेटमा ६ जना युवाहरुले रोजगार पाएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology