Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

आरम्भ चौतारी लघुवित्तको खुद नाफा ११ करोड ७९ लाख ३३ हजार

आरम्भ चौतारी लघुवित्तको खुद नाफा ११ करोड ७९ लाख ३३ हजार

  • 3.3K
    SHARES

  • आरम्भ चौतारी लघुवित्तको खुद नाफा ११ करोड ७९ लाख ३३ हजार

    बुटवल,भदौ २।

    आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३९०.५७ प्रतिशत बढेर ११ करोड ७९ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म लघुवित्तले २ करोड ४० लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ११०.९८ प्रतिशत बढेर ३० करोड ७२ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म लघुवित्तले खुद ब्याज आम्दानी १४ करोड ५६ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको थियो ।

    समिक्षा अवधिसम्म लघुवित्तको सञ्चालन मुनाफा ३६०.५२ प्रतिशत बढेर १५ कोड ८८ लाख ७६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ३ करोड ४४ लाख ९९ हजार रुपैयाँ सञ्चालन मुनाफा रहेको थियो ।

    समिक्षा अवधिसम्म लघुवित्तको सम्भावित जोखिम बापतको व्यवस्थामा २ करोड ९० लाख रुपैयाँ छुट्याएको छ भने २ करोड ८३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

    गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी ८।८५ बढेर २८ करोड ६७ लाख ६३ हजार रुपैयाँ, जगेडा कोष १३२.५५ प्रतिशत बढेर १६ करोड ३६ लाख २८ हजार रुपैयाँ, सापटी ९५.०६ प्रतिशत बढेर २ अर्ब ७७ करोड ८५ लाख १२ हजार रुपैयाँ, निक्षेप ४३.५८ प्रतिशत बढेर १ अर्ब २७ करोड १७ लाख ३५ हजार रुपैयाँ र कर्जा ७१.७८ प्रतिशत बढेर ४ अर्ब ३२ करोड २० लाख रुपैयाँ रहेको आरम्भ चौतारीका अध्यक्ष जगतबहादुर पाेखरेलले नागरिक अनलाइनलाई बताए ।

    लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस १ रुपैयाँ १३ पैसा बढेर ४१ रुपैयाँ १३ पैसा छ । अघिल्लो आवको सोही अवधिमा ३२ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात ३८.२७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ६ पैसा रहेको सिइओ लक्ष्मण घिमिरेले नागरिक अनलाइनलाई जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology