Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

एनआईसी एशिया बैंक ३ अर्ब २५ करोड नाफामा,खुद ब्याज आम्दानी २१.३४ प्रतिशत

एनआईसी एशिया बैंक ३ अर्ब २५ करोड नाफामा,खुद ब्याज आम्दानी २१.३४ प्रतिशत

  • 2.6K
    SHARES

  • एनआईसी एशिया बैंक ३ अर्ब २५ करोड नाफामा,खुद ब्याज आम्दानी २१.३४ प्रतिशत

    बुटवल,भदाै १ ।

    एनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २५ करोड नाफा गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार ३ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ९ करोड थियो ।

    असार मसान्तसम्म एनआईसी एशियाको निक्षेप २ खर्ब ८६ अर्ब छ भने कर्जा २ खर्ब ४८ करोड रहेको छ । बैंकको ब्याज आम्दानी बढेपनि नाफा भने अघिल्लो वर्षको तुलनामा खासै बढ्न भने सकेन ।

    बैंकको खुद ब्याज आम्दानी २१.३४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३५.०४ प्रतिशत घटेको छ। ११ अर्ब ५६ करोड चुक्ता पूँजी रहेको एनआईसी एशियाली बैंकले सेयरधनीलाई बाँड्न मिल्ने १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ गरेको छ ।

    बैंकको प्रतिसेयर २८ रुपैयाँ ११ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३५.३६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ रहेको छ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology