Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

आईसिएफसी फाईनान्सको २०औँ शाखा तिलोत्तमाको ड्राईभरटाेलमा 

आईसिएफसी फाईनान्सको २०औँ शाखा तिलोत्तमाको ड्राईभरटाेलमा 

  • 3.2K
    SHARES

  • आईसिएफसी फाईनान्सको २०औँ शाखा तिलोत्तमाको ड्राईभरटाेलमा 

    बुटवल,साउन २९ ।

    आईसिएफसी फाईनान्स लिमिटेडले २०औँ शाखा रूपन्देहीको तिलोत्तमा ड्राईभरटोलमा शुभारम्भ गरेको छ। फाईनान्सका सिईओ सुनिल पन्तले शुक्रबार औपचारिक रुपमा रिबनसहित केक काटेर कार्यालयको उद्घाटन गर्दै सेवा शुभारम्भ गरे।

    कर्मसियल र विकास बैँकको दरमा ब्याज ऋण दिएर सेवा गरेको उनले बताए ।‘रुपन्देहीमा तेस्रो शाखा भएको र अब पुर्वतर्फ सेवा बिस्तारको अभियानमा छौँ। ’उनले नागरिक अनलाइनसंग भने।

    ceo icfc.jpg

    डेढ लाख बढी सेवाग्राही रहेको फाईनान्स १६ अर्बको ब्यालेन्स सिटमा रहेको उनले बताए। कोभिडकै कारण सबै क्षेत्रमा नकारात्मक प्रभाव पर्दा बैकिङ क्षेत्रमा पनि प्रभाव परेको पन्तले बताए।

    फाईनान्सका ड्राईभरटोल शाखा प्रमुख दिपक अर्यालले शहरीकरणतर्फ अग्रसर रहेको तिलोत्तमानगरमा बैकिङ सेवा दिने लक्ष्यसहित शाखा विस्तार गरेको जानकारी दिए  ।

    योसंगै प्रत्येक शाखामा एटिएम रहेको र सेवाग्राहीले भारतमा समेत एटिएम प्रयोग गर्न सक्ने शाखाका क्रेडिट डिपार्टमेन्ट सुपरभाइजर झविन्द्रराज बस्यालले बताए ।

    फाईनान्सका बुटवल शाखा प्रमुख कमल ज्ञवाली रुपन्देहीमा ३ वटा शाखाबाट सेवा दिईरहेको बताए।  बैँक तथा वित्तिय सेवाबाट बन्चित रहेका ग्रामिण क्षेत्रका जनतामाझ पुग्ने गरि योजना बनाईएको उनले बताए। 

    नेपाल राष्ट्र बैँकबाट ग वर्गको राष्ट्रियस्तरको ईजाजतपत्र प्राप्त संस्थाको काठमाण्डौमा मुख्य कार्यालयसहित ७ वटा शाखा र एक्सटेन्सन काउन्टर रहेको छ।  देशभर २ सय बढी कर्मचारी रहेका छन्।

    ICFC.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology