Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

भारतीय ट्रकले ९६ टनसम्म निर्बाद सामान बोके,ओभरलोडले नेपाली ब्यवसायीको लगानीसंगै सडक बिग्रियो

भारतीय ट्रकले ९६ टनसम्म निर्बाद सामान बोके,ओभरलोडले नेपाली ब्यवसायीको लगानीसंगै सडक बिग्रियो

  • 3.8K
    SHARES

  • भारतीय ट्रकले  ९६ टनसम्म निर्बाद सामान बोके,ओभरलोडले नेपाली ब्यवसायीको लगानीसंगै सडक बिग्रियो

    बुटवल,साउन २६ ।  

    क्षमता भन्दा तेब्बर लोड वोकेका भारतीय मालबाहक ट्रकका कारण नेपाली ट्रक व्यवसायीको लगानी ध्वस्त परेको भन्दै रुपन्देहीका ट्रक व्यवसायीले बेलहिया नाकामा भारतीय मालबाहक सवारी रोकेका छन् ।

    भारतबाट भारबाहन क्षमता भन्दा तेब्बर लोड बोकेर आउने र ती सवारी सिधै मुलुक भरी पुग्दा नेपाली मालबाहक सवारी खाली बस्नु परेको व्यवसायीको गुनासो रहेको छ । भार क्षमताभन्दा बढी सामान बोकेर भारतीय गाडी निर्वाधचल्दा नेपालका मालबाहक सवारी खाली बस्नु परेको र भारतीय गाडीका कारण नेपालका सडक विग्रिने गरेको भन्दै व्यवसायी नाकामा भारतीय मालबाहक गाडी रोकेका हुन् ।
    भारतबाट सामान बोकेर नेपाल आई भन्सार जाँचपास गरेर बाहिर निस्किएका भारतीय नम्बर प्लेटका मालबाहक गाडी सोमबारदेखि रुपन्देहीको बेलहियास्थित बाइपास सडकमा रोकिएका छन् ।

    पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष अर्जुन भुसालले भारतीय ओभरलोड बोकेका गाडीका कारण आफूहरुका मालबाहक सवारी खाली बस्नु परेको र नेपालका सडक संजाल भत्किएको भन्दै रोकेको हो । क्षमताभन्दा दोब्बर–तेब्बर सामान बोकेका यी सवारी भन्सार विन्दुमै भारमिलान गरी गन्तव्यमा जानुपर्ने कानूनी व्यवस्था छ ।

    तर, कानून अवज्ञा गर्दै ओभरलोड बोकेका गाडी नेपालका जुनसुकै ठाउँमा निर्वाध चलिरहेका छन् । नियमक निकाय तै चुप मै चुप भएकाले समस्या विकराल भएको नेपाल ट्रक यातायात व्यवसायी  महासंघका निर्वतमान अध्यक्ष  अर्जुन रानाभाटको भनाई रहेको छ । यही कारणले ट्रक यातायात व्यवसायी  मर्कामा परेको उहाँले बताउनुभयो ।
    मालबाहक सवारी साधनको भारबहन नियमन सम्बन्धी निर्देशिका– २०७४ अनुसार भारतबाट ओभर लोड बोकेर आउने गाडीले भन्सार विन्दुमै भारमिलान गरी सम्बन्धित ठाउँमा जानुपर्ने व्यवस्था छ । तर, ओभरलोड बोकेर आउने भारतीय गाडीको भारमिलान हुँदैन । यस्ता गाडी निर्वाध नेपालमा चल्छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका निर्मित  कार्यालय प्रमुख  दामोदर मल्लले नाकामा ओभरलोड गाडीलाई अधिकतम एक हजार ५ सय रुपैयाँ जरिवाना काटेर छाड्ने गरेको छ ।

    जरिवान काटेकै भरमा नेपालभर निर्वाध चल्न दिइँदा नेपाली व्यवसायी फुर्सदिला भएका हुन् । ट्राफिक प्रहरीकाअनुसार अधिकांश भारतीय गाडी ओभरलोड बोकेर नेपाल आउने गर्छन् ।

    व्यवसायीले भन्सार विन्दुमै भारमिलान गर्नुपर्ने माग गर्दै आएका छन् । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थ राज पासवानले भने आर्थिक ऐन र भन्सार ऐनले ओभर लोड हेर्ने जिम्मेवारी नदिएको भन्दै पन्छिने गरेका छन ।

    नियमअनुसार नेपालमा चल्ने मालबाहक ६ चक्के सवारले ९.६, १० चक्केले १६.२, १२ चक्केले २१, १४ चक्केले २५ र १८ चक्केले ३० टन बोक्न पाउँछन् । यही व्यवस्था अनुसार नेपालको सडकमा समेत बढीमा ३० टन बोकेका सवारी गुड्न पाउने व्यवस्था गरिएको छ । तर, भारतीय एउटै सवारीले ९६ टनसम्म सामान बोकेर आउने गरेका छन् । 

    भारतीय मालबाहक गाडीलाई जरिवानाकै भरमा नेपालमा निर्वाध चल्न दिएको छ तर नेपाली मालबाहक गाडीलाई ३० टनभन्दा बढी बोक्नमा रोक लगाइएको छ । जसले गर्दा नेपाली गाडीमा उद्योगी–व्यवसायीले सामान ओसार्दैनन् ।

    जरिवानाकै आधारमा भारतीय गाडीलाई ओभरलोड बोक्न दिइँदा एकातर्फ सडक ध्वस्त भएका छन् भने नेपाली व्यवसायीले काम नै नपाउँदा खाली ट्रक थन्क्याएर राख्नु परेको व्यवसायीको गुनासो छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology