बुटवल,साउन २२ ।
राष्ट्रिय सभामा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरिएकाे छ ।आजको बैठकमा कांग्रेस सांसद प्रकाश पन्थले लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्रीलाई मुख्यमन्त्री निवासमा बन्दक बनाएको विषयलाई लिएर विरोध गरे।
पन्थले भने-‘लुम्बिनी प्रदेशतिर मुख्यमन्त्रीको कार्यालय सांसद अपहरण गर्ने ठाउँ बनाइएछ। सांसदलाई नै थुन्ने ठाउँको रूपमा त्यसलाई विकास गरिएको छ।
मानवताविरोधी कत्रो हर्कत हो यो ? लोकतन्त्रको कुरा गरेर नथाक्ने, लोकतन्त्रवादी हुँ भनेर पटक–पटक दाबी पनि गर्ने, तर महिला जनप्रतिनिधि सांसदलाई अपहरण शैलीमा कब्जा गर्ने,थुन्ने, बन्दक बनाउनेजस्तो गुन्डागर्दी शैलीको खेद प्रकट गर्छु।’
लुम्बिनी प्रदेशले उच्चस्तरीय संसदीय समिति बनाएर उक्त घटनाको छानबिन गर्नुपर्ने उनको भनाइ थियो।
मुख्यमन्त्रीले राजीनामा नदिए उनको पनि बार्दलीकै यात्रा सुरु हुने पन्थले बताए। उनले थपे, ‘अलिअलि राजनीतिक नैतिकता बाँकी छ भने मुख्यमन्त्रीले तुरुन्त राजीनामा गर्नुस् ।’
हेराैँ यी खबरहरु :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)