Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने

साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने

  • 2.5K
    SHARES

  • साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने

    बुटवल,साउन २१ ।

    सरकारले साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले खोप सप्ताहका क्रममा दोस्रो डोजको खोप दिने कार्यलाई प्राथमिकता दिइने बताए ।

    बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले दोस्रो डोज खोप नपाएका १३ लाख ५० हजारलाई जापान र भुटानबाट आएको खोप लगाइने जानकारी दिए ।

    जापान सरकारले नेपाललाई सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये करिब आधा ९८ लाख डोज० अगामी शनिबार र आइतबार आइपुग्दै छ । भुटानले पनि ३ लाख खोप दिने प्रतिबद्धता जनाएको छ । उनले खोप केन्द्रहरु विस्तार गरेको जनाउँदै काठमाडौंमा १५०,ललितपुरमा ७७ वटा र भक्तपुरमा ३८ वटा राखिएको जानकारी गराए ।

    देशभरि जिल्लामा क्यूआर कोड सहितको खोप कोर्ड दिने व्यवस्था गरिएको समेत उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology