Logo बिहिवार, आश्विन १ गते २०८३
images

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिन्छौं :ऊर्जामन्त्री भुसाल

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिन्छौं :ऊर्जामन्त्री भुसाल

  • 2.6K
    SHARES

  • गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिन्छौं :ऊर्जामन्त्री भुसाल

    बुटवल,साउन २१ । 

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने बताएकी छन्।

    बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन्।

    विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत् महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनको भनाइ छ। ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कहीँ राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत् दिने गरेर एउटा तयारी मैले गरिरहेको छु। करिब करिब हामी त्यसको निष्कर्षमा पुग्दैछौँ। घरेलु उपभोग बढाउनका निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यद्वारा त्यसको तयारी गरेको छु’, मन्त्री भुसालले भनिन्। 

    मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाई पुर्‍याउनका निम्ति पनि आफू क्रियाशिल रहने बताइन्। सिँचाईको निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनको भनाइ छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology