Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

भैरहवामा टिभीएस एनटर्क १२५ सीसीको स्कुटर लन्च,कलाकार प्रदीप र स्वस्तिमाले गरे उद्घाटन

भैरहवामा टिभीएस एनटर्क १२५ सीसीको स्कुटर लन्च,कलाकार प्रदीप र स्वस्तिमाले गरे उद्घाटन

  • 4.3K
    SHARES

  • भैरहवामा टिभीएस एनटर्क १२५ सीसीको स्कुटर लन्च,कलाकार प्रदीप र स्वस्तिमाले गरे उद्घाटन

    बुटवल,साउन २०।

     टिभिएस मोटर कम्पनीले बिएस,भिआई कम्प्लायन्सको टिभिएस एनटर्कको १२५ सिसिको स्कुटरलाई आज एक साथ भैरहवामा लञ्च गरेको छ ।

     नेपाल मै पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर टिभिएसले रुपन्देहीका शोरुमहरुबाट लन्च गरेको हो । टिभिएस नेपालका ब्रान्ड एम्बेसेडर तथा नेपाली फिल्मका चर्चित कलाकार प्रदिप खड्का र स्वस्तिमा खड्काको उपस्थितीमा  भैरहवाको शोरुमबाट स्कुटीको लन्च गरिएको हो ।

    यस क्षेत्रका युवा ग्राहकहरुको लागि टिभिएसको नँया मोडेलमा स्कुटी बजारमा आएको भैरहवाको बुद्धचोकमा रहेको शोरुमका सञ्चालक खेम जिसीले नागरिक अनलाइनलाई बताए ।  यो स्कुटीको बजार मूल्य २ लाख ७७ हजार ९ सय रहेको छ ।
    आजै पहिलो दिन ५ वटा स्कुटी विक्रि भईसकेको उनले बताए ।  शो रुमका लगानीकर्ता  विमल श्रेष्ठले युवा पुस्तामा टिभिएस मोटर कम्पनीको स्कूटी रोजाई बढ्दै जाँदा अहिले एनर्टक मोडेलको स्कूटीमा ब्लुटुथ समेत भएको बताए ।  

    बजार प्रमुख विक्रम पाण्डेले टिभिएस कम्पन्नको पहिलो स्मार्टनेक्टरलाई प्रस्तुत गर्ने प्रविधि भएको बताए ।

    यो स्कूटिमा स्पिडोमिटर , नेभिगेशनएसिस्ट , टप स्पीड रेकर्डर , इन–बिल्ट ल्याप टाइमर , फोन ब्याट्री, स्ट्ेन्थडिस्प्ले , लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर ,ट्रिप मिटर ,स्ट्रट र स्पोर्ट लगायतका मल्टिराईड स्टाटिस्टिक मोल जस्ता सुविधाहलाई कम्पन्नीले समेटेको छ ।

    स्कुटी म्याट रेड , मेटालिक ग्रे , मेटलिक रेड , मेटलिक निलो रंगमा उपलब्ध रहेको छ । कार्यक्रममा ब्राण्ड एम्बेस्डरहरु प्रदिप खड्का र स्वस्तिमा खड्काले बाेल्दै सबैको राेजाइमा परेको बताए । कार्यक्रमको संचालन संचारकर्मी रवि रानाले गरेका थिए । TVS.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology