Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलमा नमस्ते हाइपर मार्ट उद्घाटन,शाखासहित आइपिओ खोल्ने लक्ष्य

बुटवलमा नमस्ते हाइपर मार्ट उद्घाटन,शाखासहित आइपिओ खोल्ने लक्ष्य

  • 3.7K
    SHARES

  • बुटवलमा नमस्ते हाइपर मार्ट उद्घाटन,शाखासहित आइपिओ खोल्ने लक्ष्य

    बुटवल,साउन १०- 

    बुटवलमा नमस्ते हाइपर मार्ट संचालनमा आएको छ । उपभोक्ताको माग अनुसार ग्रोसरी, खाद्यान्ह, कस्टमेटिक र तरकारी फलफुलसँगै जिउँदो खसीबोका, कुखुरा, कालिज समेत उपलब्ध हुनेगरि नमस्ते हाइपर मार्टले आजबाट कारोबार शुरु गरेको हो ।

    योगीकुटीबाट बसपार्क सडकमा खुलेको नमस्ते हाइपर मार्टको बुटवल उप-महानगरपालिकाका प्रमुख शिवराज सुबेदीले उदघाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख सुबेदीले उपमहानगरको परिकल्पना अनसार बुटवललाई डिजिटल शहर बनाउने योजनामा नमस्ते हाइपर मार्टले सकारात्मक भुमिका खेलेको बताए ।

    उनले नमस्ते मार्ट जस्तै युवा स्वरोजगारमा आधारित धेरै मार्ट र एग्रो व्यवसायमा उपमहानगरले एक्यवद्धता जनाउन तयार रहेको पनि बताए ।

    मार्टमा खरिद गर्ने उपभोक्ताहरुको चाहानालाई ध्यानमा राख्दै बुटवलमा नमस्ते हाइपर मार्ट थपिएको नमस्ते मार्टको छाता संगठन सिद्धकालिका मल्टी प्रोपोज प्रा।लिका अध्यक्ष सन्तोष पौडेलले बताए । ‘आँफै मालिक,आँफै ग्राहक एवम् आफैं उपभोक्ता’ भन्ने मूल नाराका साथ बुटवलमा नमस्ते हाइपर मार्ट थपिएको उनले बताए ।

    ग्रोसरी, एग्रो सहित जिउँदो खसीबोका, लोकल कुखुरा, कालिज, हाँस समेत एउटै छातामुनी पाईने गरि संचालनमा आएको मार्टमा उदघाटनको अवसरमा ५ देखि २५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको पनि अध्यक्ष पौडेलले बताए । सिद्धकालिका मल्टी प्रपोजकै शाखा अन्तर्गत रुपन्देहीको सैनामैनामा बुद्धनगर एग्रो फार्म लिबा फार्मको नाममा मार्ट संचालनमा रहेको छ ।

    मार्ट संचालनका लागि तीन करोड बढी लगानी रहेको बताउँदै आगामी दिनमा अन्य विभिन्न स्थानमा पनि मार्ट सञ्चालनमा ल्याउने तयारी गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।namaste.jpg

    पौडेलका अनुसार कम्पनिले हाल मार्टमा ४० जनालाई रोजगार सुरु गरिएको बताउँदै ५ वर्षमा ५ शाखा र १० हजारलाई रोजगार दिने लक्ष्य लिएको छ ।

    मार्टका कार्यकारी प्रमुख खड्ग थापाले स्वदेशी उत्पादनलाई वृद्धि, प्रवद्र्धन र खपत गर्ने उद्देश्यले मार्टको स्थापना गरिएको बताए । उनले आगामी तीन वर्षमा शाखा विस्तार गर्दै आइपिओ समेत खोल्ने लक्ष्य रहेको बताए ।

    कृषकले न्यूनतम १० हजार र अन्यले एक लाख भन्दा माथिको सेयर लगानी गर्न सक्ने प्रावधान रहेको मार्टमा हाल २१ करोड पूँजी रहेको मार्टका अध्यक्ष कुल बहादुर केसीले बताए । 

    बुटवलमा नमस्ते हाइपर मार्ट सञ्चालनमा, ४० जनालाई रोजगारी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology