Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीमा कलाकारहरुले लुम्बिनी लोक सङ्ग्रहालय बनाउँदै,१० कराेडको गुरूयाेजना

रूपन्देहीमा कलाकारहरुले लुम्बिनी लोक सङ्ग्रहालय बनाउँदै,१० कराेडको गुरूयाेजना

  • 3.7K
    SHARES

  • रूपन्देहीमा कलाकारहरुले लुम्बिनी लोक सङ्ग्रहालय बनाउँदै,१० कराेडको गुरूयाेजना

    बुटवल,साउन ९-

    रूपन्देहीमा कलाकारहरुले लोक सङ्ग्रहालय बनाउन शुरु गरेका छन् । तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको जग्गामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समिति र जिल्ला कार्य समिति रुपन्देहीले संयुक्त रुपमा उक्त ३ तले लुम्बिनी लोक संग्राहलय बनाउने भएका हुन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ को डिंगरनगरमा सङ्ग्रहालय भवनको शनिबार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

    प्रतिष्ठानका केन्द्रिय सचिव प्रचण्ड जिसी,लुम्बिनी प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डे, रुपन्देही जिल्ला अध्यक्ष दीपक कार्की र तिलोत्तमा वडा नं ४ का अध्यक्ष दिवाकर ढकालले संयुक्त रुपमा भवनको शिलन्यास गरे । ३० / ४२ फिट क्षेत्रफलमा साे भवन बन्नेछ ।

    शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि सचिव प्रचण्ड जिसीले संंग्राहलय भवन निर्माणका लागि केन्द्रीय कार्यसमितिबाट १ लाख रुपैया प्राप्त हुने जानकारी दिए ।

    प्रदेश अध्यक्ष डिल्लीनारायण पाण्डेले नेपाली कला संस्कृतिको जर्गेना, संरक्षण र संबर्द्धनमा उल्लेखनीय कार्य गरिने बताए । ‘भवन ७५ लाखको हुनेछ भने १० कराेडको गुरूयाेजना बनाइएको छ ,याे बृहत आयाेजना हाे ।’लुम्बिनी प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डेले नागरिक अनलाइनसंग भने ।

    तिलोत्तमा नगरपालिका वडा नं ४ का अध्यक्ष दिवाकर ढकालले प्रदेशकै प्रतिनिधित्व हुनेगरी तिलोत्तमा नगरपालिकामा लोक संग्राहलय स्थापना हुन लागेकोमा खुशी व्यक्त गर्दै यो रुपन्देहीवासीका लागि गौरवको कुरा भएको बताए ।

    प्रतिष्ठान रुपन्देही अध्यक्ष दीपक कार्कीले नेपाली कला संस्कृतीको संरक्षणको लागि लोक संग्रांहलयको आवश्यकता रहेकोमा अब पुरा हुने बताए ।

    कार्यक्रममा लोक दोहोरी प्रतिष्ठानका केन्द्रिय सल्लाहाकार खेम हमाल, केन्द्रिय सदस्य दिपक गरौजमगर, पुर्व केन्द्रिय सदस्य नारायण लेकाली, स्थानीय समाजसेवी मित्र न्यौपाने, वेद प्रसाद गुरु·, वडा सदस्य हरिमाया नेपाली र मानकाजी गुरुङ, टोल विकास समितिका अध्यक्ष होम प्रसाद खनाल लगायतको उपस्थिती थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology