Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उपमहानगरपालिकाले गर्याे एक वर्षमा ५० करोड ४९ लाख राजश्व संकलन

बुटवल उपमहानगरपालिकाले गर्याे एक वर्षमा ५० करोड ४९ लाख राजश्व संकलन

  • 3.9K
    SHARES

  • बुटवल उपमहानगरपालिकाले गर्याे एक वर्षमा ५० करोड ४९ लाख राजश्व संकलन

    बुटवल,साउन ७-

    बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा राजश्व संकलनमा उल्लेख्य प्रगति गर्न सफल भएको छ  । आन्तरिक श्रोत अन्तरगत राजश्व संकलनको लक्ष्य १०७ दशमलव ४ प्रतिशत पूरा गर्न सफल भएको छ ।उपमहानगरका योजना शाखा प्रमुख विष्णु खनालका अनुसार एक वर्षको अवधिमा ५० करोड ४९ लाख राजश्व संकलन भएको छ । गत वर्ष उपमहानगरमा ४७ करोड १ लाख राजश्व संकलन भएको थियो ।

    यसैगरी गत आर्थिक वर्षमा ऋणबाट राजश्व स्वरुप प्राप्त १ करोड ५० लाख र अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा शंकलित ४८ करोड ६३ लाख गरी कूल ९२ करोड ११ लाख राजश्व जम्मा गर्न सफल भएको हो ।बुटवल उपमहानगरले गत आर्थिक वर्ष २०७७-७८ मा ६८ दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भएको छ ।

    गत वर्ष कोरोना महामारीले रोकिएका योजनाहरुलाई कार्यान्वयन र सम्पन्न गर्ने कुरालाई प्राथमिकतामा राखेको उपमहानगरले यो वर्ष पूँजीगत तर्फ ६३ दशमलव ७३ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको हो ।

    कोरोना महामारीले प्रभावित बनेको गत वर्ष ५६ दशमलव १९ प्रतिश लक्ष्य हासिल गरेको थियो । यसैगरी पूँजीगत तर्फको वित्तीय प्रगतिमा समेत गत वर्षको तुलनामा बढी सफलता प्राप्त गरेको छ । उपमहानगरले यो वर्ष ७५ दशमलव ६३ प्रतिशत लक्ष्य प्राप्त गरेको छ भने गत अघिल्लो आर्थिक वर्षमा ६७ दशमलव ३३ प्रतिशत लक्ष्य प्राप्त गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology