Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

गुल्मी मालिकामा मकै बारीमा बन कार्यालयले चलायो डोजर

गुल्मी मालिकामा मकै बारीमा बन कार्यालयले चलायो डोजर

  • 3.7K
    SHARES

  • गुल्मी मालिकामा मकै बारीमा बन कार्यालयले चलायो डोजर

    बुटवल,साउन ६-

    गुल्मीको मालिका गाउँपालिका ७ घमिरको सिलादीमा रहेको सुकुमबासी बस्तीमा डोजर चलेको छ । १७ बर्ष देखि सुकुमबासीको रुपमा सिलादी चोउरमा बस्दै आएका दलित समुदायले लगाएको मकै बारीमा डिभिजन बन कार्यालय गुल्मीले डोजर चलाएको हो ।

    सुकुमबासी बस्ती बन क्षेत्रभित्र परेको र अतिक्रमण बढेको भन्दै अतिक्रमित क्षेत्रमा लगाइएको मकै बारीमा डोजर चलाइएको डिभिजन बन कार्यालय तम्घासका सहायक बन अधिकृत रामकुमार चौधरीले बताए ।

    स्थानिय संगको सहमतीमा घर जोगाउने र अतिक्रमित मकै बारीमा डोजर चलाएर बृक्षारोपणका लागि ठाउँ तयार गर्ने सहमती अनुसार डोजर चलाइएको उनले बताए । त्यहाँ १२ जना दलित परिबार १७ बर्ष देखि बस्दै आएका छन् । त्यी  मध्ये ९ घरले बनको जग्गा अतिक्रमण गरी मकै छरेका थिए । मकै लगाएका उनीहरुलाई केही क्षतिपुर्ति दिने गरी डोजर चलाइएको बताइएको छ ।

    अहिले तयार गरिएको स्थानमा ३५ हजार फलफुल तथा विभिन्न बनस्पतीका विरुवाहरु उत्पादन गरिने बताइएको छ । सुकुमबासी बस्ती बनको जग्गा भएकाले सो स्थानमा डिभिजन बन कार्यालय गुल्मीले जिल्लाकै ठुलो नर्सरी बनाउने योजना अघि सारेको छ । त्यहाँ रहेको बस्ती स्थान्तरण गर्ने र बस्ती क्षेत्रमा बाह्रै महिना विरुवा उत्पादन, विक्रि गर्ने गरी हाईटेक नर्सरी बनाउने योजना बन कार्यालयले अगाडि सारेकोे हो ।

    अहिले त्यहाँ मदाने मालिका सव डिभिजन कार्यालयले नर्सरी स्थापना गरिसकेको छ । फलफुल, डाले घाँस र मानिसको जीवन संग जोडिने आयमुलक विभिन्न जातका विरुवाहरु नर्सरीमा तयार हुँदै आएका छन् ।

    स्थान्तरणको तयारीमा गाउँपालिका

    मालिका गाउँपालिकाले खरको छानामुक्त गाउँपालिका घोषणा गरिसकेको छ । तर सिलादीको सुकुमबासी बस्तीमा अहिले पनि खरले छाएका साना झुपडी छन् । सिलादीको सुकुमबासी बस्ती स्थान्तरण गर्ने तयारी गाउँपालिकाले गरिरहेको छ ।

    गाउँपालिका अध्यक्ष रित बहादुर थापा सुकुमबासी बस्तीलाई स्थान्तरण गर्ने तयारी गरिएकाले जस्ता त्यो बस्तीमा नदिएको बताउँछन् । गत बर्ष नै स्थान्तरणका लागि प्रयास गरेपनि जग्गा उपलब्ध हुन नसक्दा सुकुमबासी बस्तीलाई स्थान्तरण गर्न नसकिएको गाउँपालिका प्रमुख थापाले बताए ।

    ‘अहिले हामीले गाउँपालिका भित्रका ६,७ वटा स्थानलाई हेरेका छौ । दघास, रैथुम, सिमलटारी माथीको जग्गा सहित अन्य केही जग्गा हेरिएको छ ।’ उनले भने–‘उपयुक्त ठाउ छनोट गरेर एकीकृत बस्ती बनाएर स्थान्तरण गर्नेछौ ।’
    गाउँपालिकाले घमिरमै स्थान्तरणको प्रयास गरेपनि घमिरमा उपयुक्त जग्गा नभएकाले गाउँपालिकाकै वडा ८ मर्भुङगमा स्थान्तरणको तयारी गरेको हो । 

    vlcsnap-2021-07-20-19h41m59s179.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology