Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

सिद्धि विनायकमा होण्डा ग्राजियाको बीएस–६ मोडल लञ्च

सिद्धि विनायकमा होण्डा ग्राजियाको बीएस–६ मोडल लञ्च

  • 4.2K
    SHARES

  • सिद्धि विनायकमा होण्डा ग्राजियाको बीएस–६ मोडल लञ्च

    बुटवल,साउन ४-

    नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार टेड्रिङ कम्पनी लिमिटेडले सोमबारदेखि नेपाली बजारमा होण्डा ग्राजियाको बीएस–६ मोडल लञ्च गरेको छ ।

    भैरहवा रुपन्देहीका लागि आधिकारीक डिलर सिद्धि विनायक अटो इन्टरनेशनल प्रा.ली ले आफनै स्वरुम मा नै एक विशेष कार्यक्रमका विच सिद्धार्थ नगरपालीका वडा नं. ८ का अध्यक्ष राजनजंग राणाबाट स्कुटरको लन्चिङ्ग गरी विक्री शुरुवात गरिएको हाे ।

    आर्कषक र स्टाईलिस लुक रहेको यो १२५ बीएस–६ मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्ण रुपमा रि-डिफाइन गरिएको बताए । उनका अनुसार १५५ एमएमदेखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यो स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध गराएको छ । फिचर अन्तर्गत ग्राहकहरुले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सकिने छ।

    आज खरीद गर्ने ग्राहकहरुका लागी नगद छुट र आकर्षक गिफ्ट समेत रहेको कम्पनीका कार्यकारी निर्देशक सुरज क्षेत्रीले नागरिक अनलाइनलाइ  जानकारी दिए ।

    उनले नयाँ  बीएस–६ एसटीडी मोडलमा इञ्जिन स्टार्ट स्टप स्वीच रहेको र यो स्कुटरमा साइड स्ट्याण्ड इञ्जिन अफ फिचर, एसीजीसहितको स्टार्ट, इएसपी प्रविधिको साथ हेट इञ्जिन जस्ता विभिन्न उपयोगी विशेषता रहेको बताए ।

    नेपाली बजारमा ग्राजिया बीएस–६ डीआरएसको मूल्य २ लाख ६९ हजार ९ सय र ग्राजिया बीएस–६ डीएसस मोडलको मूल्य २ लाख ८९ हजार ९ सय रहेको स्याकार टेड्रिङ कम्पनी लिमिटेडले जनाएको छ  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology