बुटवल,साउन ४।
बुटवलमा रहेका रेष्टुरेन्ट ब्यबसायीले कार्यदल गठन गरेका छन् । ब्यबसायिक हक हित र एकताका लागि भन्दै ६ सदस्यीय कार्यदल गठन गरिएको रेष्टुरेन्ट ब्यवसायी सागर पौड्यालले नागरिक अनलाइनलाइ बताए ।
उनीहरुले रेष्टुरेन्ट ब्यबसायलाइ स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गर्दै पुर्ववत तरिकाले सन्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।उनीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सामुहिक डेलिगेसन जाने निर्णय समेत गरेका छन् । ६ सदस्यीय कार्यदलमा सागर पौड्याल, प्रदिप जी सी, यमलाल पाण्डे, कमल खनाल, अमृत थापा (मार्टिन) , लक्ष्मी रिजाल रहेका छन् ।
गत वर्षदेखि कोरोनाले थलिएका ब्यबसायीहरुलाइ राज्य वा अन्य कुनै निकायबाट राहत त के सान्त्वना समेत नदिएको उनीहरुको गुनासो छ ।
उनीहरु भन्छन् -‘बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारी र यसले उत्पन्न गराएको प्रतिकूल अवस्थाले हामी ब्यवसायीहरु आक्रान्त भएका छौँ भने अर्कोतर्फ प्रशासनले बेलाबेला हामी माथि गर्ने धरपकडले आजित छौ ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)