बुटवल,साउन १-
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ४ दिनका लागि राजश्व सम्बन्धि सबै कारोबार बन्द हुने भएको छ । नगरपालिका अन्तरगत रहेका सबै वडा कार्यालयहरुमा समेत साउन ४ गतेसम्म राजश्वसँग सम्बन्धित कारोबार बन्द हुनेभएको हो ।
नगरपालिकाले आज एक सुचना जारी गर्दै नयाँ आर्थिक वर्ष २०७८-७९ का लागि आर्थिक ऐन २०७८ बमोजिम राजस्वको सफ्वेयरलाई अद्यावधिक गर्नुपर्ने भएकोले काम बन्द गर्नु परेको जनाएको छ ।
‘श्रावण १ गतेदेखि ४ गतेसम्म यस नगरपालिकाको सबै वडा कार्यालयहरु लगायत मुख्य प्रशासनिक कार्यालयमा राजस्व सम्बन्धि सबै कारोबार बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।’ जारी सुचनामा उल्लेख गरिएको छ ।
श्रावण ५ गतेबाट यथावत् रुपमा सबै कारोबार सूचारु हुने नगरपालिकाले जनाएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)