Logo बिहिवार, आश्विन १ गते २०८३
images

सञ्चार विधेयकबिरुद्ध पत्रकार : लुम्बिनी प्रदेशसभा गेटमा दबाबमूलक धर्ना

सञ्चार विधेयकबिरुद्ध पत्रकार : लुम्बिनी प्रदेशसभा गेटमा दबाबमूलक धर्ना

  • 2.1K
    SHARES

  • सञ्चार विधेयकबिरुद्ध पत्रकार : लुम्बिनी प्रदेशसभा गेटमा दबाबमूलक धर्ना

    बुटवल,असार २७-

    संसदमा पुगेको सञ्चार बिधेयक बिरुद्ध पत्रकारहरुले लुम्बिनी प्रदेशसभा गेटमा दबाबमूलक धर्ना दिएका छन् । पत्रकार महासंघको अगुवाइमा उनीहरुले प्रदेशसभा गेटमा धर्ना दिएका हुन्।

    ‘लुम्बिनी प्रदेश सरकारद्वारा प्रदेश सभामा दर्ता गरिएको निरंकुश सञ्चार विधेयक फिर्ता गरी पुनर्लेखनको लागि दबाबमूलक धर्ना कार्यक्रम’ गरिएको हाे । 

    पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका पदाधिकारी तथा जिल्लाका पत्रकारहरूले धर्ना दिएका हुन्। धर्नामा सहभागीहरूले मिडिया विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रता जिन्दाबाद, निरंकुश सञ्चार विधेयक फिर्ता गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको छ ।

    साे अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भवानी पाण्डेले बिधेयकलाई फिर्ता गरि पुनर्लेखनगरेर जानुपर्ने बताए । प्रदेश सरकारले विधेयक प्रदेश सरकारले सभामा पेस गरेकोले फिर्ता नल्याउँदा सम्म आफूहरूको आन्दोलन नरोकिने पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले बताए।

    महासचिव बिक्रम खड्काले विधेयकले मिडिया एवं पत्रकारहरूलाई बाँध्ने काम गरेकाले पुनर्लेखन गर्नुपर्ने बताए । पत्रकार महासंघले दैनिक रुपमा आन्दाेलनका कार्यक्रम गरिरहेको छ ।

    यी पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology