Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धबाबाक्षेत्रको पहिरोले साढे १० बजेबाट सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धबाबाक्षेत्रको पहिरोले साढे १० बजेबाट सिद्धार्थ राजमार्ग अवरुद्ध

  • 3.5K
    SHARES

  • सिद्धबाबाक्षेत्रको  पहिरोले साढे १० बजेबाट सिद्धार्थ राजमार्ग अवरुद्ध

    बुटवल,असार २७-

    पाल्पाको तिनाउ गाउँपालिकाको फेरि पहिराे खसेको छ । सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो। विहान साढे १० बजेबाट सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

    डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए । यसैबीच पाल्पाको राम्दीमा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा दुबैतर्फ सवारी साधनहरु अलपत्र परेका छन्।

    यस अघि बुधबार रातिको बर्षासँगै तिनाउ गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो खस्दा ३ दिनसम्म सडक अवरुद्ध भएको थियो । ३ जनाको मृत्यु समेत भएको थियाे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology