बुटवल,असार २६-
पाल्पा तिनाउ गाउँपालिका–५ मा बुधबार राति खसेको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । पहिरोमा पुरिएर गम्भीर घाइते भएकी ७५ वर्षीय सुन्दरी गुरुङको शुक्रबार राति लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनको उपचारको क्रममा शुक्रबार राति साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार शवको पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको छ ।
पहिरोमा पुरिएर ४५ वर्षीय वीरबहादुर गुरुङ र ४ वर्षीय आरम्भ परियारको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोले बगाउँदा ७ जना घाइते भएका थिए भने ७ जनाले भागेर ज्यान जोगाएका थिए ।
गिट्टीखानी हिउँदे खोला क्षेत्रमा पहिराे खसेको हाे । पीडित परिवार कल्याणी आधारभूत विद्यालयको भवनमा आश्रय लिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)