बुटवल,असार २५-
राजश्व छली गरी नियम विपरित संचालन भैरहेका १५ वटा भारतीय नम्बर प्लेटका गाडी र चालकहरुलाई रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएका ती सवारी र चालकलाइ आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालयमा बुझाईएको रूपन्देही प्रहरीका प्रवक्ता सत्यनारायण थापाले नागरिक अनलाइनलाइ जानकारी दिए ।
प्रहरी टोलीले राजश्व छली गरेको सूचनाको आधारमा दिउसो ती गाडीहरू बुटवल वडा नं २ जितगढीबाट नियन्त्रणमा लिएको हाे ।
पश्चिमबाट रुपन्देही हुँदै पूर्वतर्फ जादै गरेका फलफूल ढुवानी गर्ने ती गाडीहरूमा बढी तौल थियाे भने बिल भरपाई ,मध्य पश्चिमाञ्चल यातायात व्यबशायी समिति प्रधान कार्यालय बुटवलको धर्मकाँटाको रसिद, सवारी दर्ता किताब र चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय बुटवलमा पठाईएको थापाले नागरिक अनलाइनलाइ जानकारी दिए ।
नियन्त्रणमा रहेका गाडी न चालकहरू नामावली :

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)