बुटवल,असार १८-
सामाजिक सहायता समूह नेपाल (एसएसजी नेपाल) बालाजु १६ ले सिन्धुपाल्चोक हेलम्बुमा सहयोग गरेको छ ।अविरल बर्षाका कारण समस्यामा परेका हेलम्बु ४ का स्थानीयलाइ १ सय थान सोलार बत्ती हस्तान्तरण गरेको हो ।
सोलार बत्ती हस्तान्तरण कार्यक्रममा हेलम्बु ४ का अध्यक्ष राजकुमार लामिछाने ,एसएसजी नेपालका महासचिब गणेश सेन्चुरी,सह सचिव कुल बहादुर श्रेष्ठ त्यस्तैगरी कार्यसमीतीका सदस्यहरु बलराम राना सितु थीङ,रन्जना श्रेष्ठ ,सङ्गिता लामिछाने लगायत ससस्त्र प्रहरी बल नेपाल,नेपाल प्रहरीका रास्ट्र सेबकहरुको सहभागिता रहेको (एसएसजी नेपाल) का उपाध्यक्ष बिश्व नाथ खत्रीले नागरिक अनलाइनलाइ जानकारी दिए ।
साथै देश तथा बिदेशबाट सहयोग रकम जुटाइदिनु हुने सबैलाइ उनले धन्यबाद समेत दिएका छन् । टीकटक ग्रुपद्वारा स्थपित सामाजिक सहायता समूह (एसएसजी नेपाल) ले यसअघि पनि थुप्रै सामाजिक कामहरू गरिसकेको अध्यक्ष टीका तिमिल्सिनाले बताए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)