बुटवल,असार १७-
रोटरी क्लव अफ बुटवल डाउनटाउनले पत्रकार सम्मेलन गरि कार्ययोजना सार्वजनिक गरेको छ । रोटरी वर्ष २०२१-२०२२ को पहिलो दिन नै वर्ष २०२१-२०२२ का नवनिर्वाचित अध्यक्ष जबिन कक्षपतिले आफ्नो कार्यकालमा विशेष परियोजनाहरु गरिने बताए ।
एक वर्षमा नियमित सामाजिक कार्यबाहेक दुरदराज र शहरी क्षेत्रमा समेत धेरै कार्यक्रमहरु गरेको बताए । स्वार्थभन्दा माथि सेवा नारासहित सामाजिक सेवामा काम गर्न अघि बढेको संस्था भएको उनले जानकारी दिए ।
लुम्बिनी आयुर्वेद अस्पतालमा सामग्री सहयोग, आम्दा अस्पतालमा सामग्री सहयोग, हिलपार्कमा शुद्ध पिउनेपानी ब्यवस्थापन गर्ने गरि संयोजकहरु शिव ज्ञवाली, नर बहादुर श्रीष, राजेन्द्र ढकाल चयन गरिएको उनले बताए । यसैगरि रक्तदान, वृक्षारोपण, स्वस्थ्य, महिला शसक्तिकरणमा तालिमहरु, गरिब जहेन्दार बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण, रोट्याक्ट, ईन्ट्राक्ट गठन गर्ने साथै युवा र दुब्यसनीको विषयमा सचेतना र अन्तरक्रिया, हराभरा बुटवल सुन्दर शहर बुटवल नारालाई सफल बनाउन मिलन हलदेखि मिलन चोकसम्म गरिएको वृक्षारोपण र संरक्षणको कामलाई निरन्तरता दिदै आएकोमा त्यो स्थानमा डिभाईडर निर्माणको काम अघि बढेकोमा त्यसलाई क्लबबाट सहकार्य गर्ने उनले बताए । यसैगरि क्लबको भवन तल्ला थप्ने, श्रमजिवि पत्रकारसंग सहकार्य गर्ने उनले बताए।
वर्षभरि करीब ३८ लाख बराबरको खर्च हुने गरि बजेट अनुमान रहेको उनले बताए । रोटरी डिष्ट्रिकका सन्सटेबल डेभलोपमेन्ट कमिटि चेयर राजेन्द्र ढकाल अन्तराष्ट्रिय नारा पोलियो उन्मुलन र साक्षरता अभियानलाई सार्थक बनाउन काम गरेर सफलता हात पारेको भन्दै कोभिडको विषयमा गम्भीर रुपमा सरकारसंग सहकार्य गर्न चाहेको बताए । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष भिमराज श्रेष्ठ, नर बहादुर श्रीष, पिताम्बर ज्ञवाली, प्रेसिन्डेन्ट ईलेक्ट भरत राना, उपाध्यक्ष कमला हमाल, सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष भानु केसीले सामाजिक क्षेत्रमा अग्रसर क्लबहरुको बारेमा पछिल्लोसमय टिकाटिप्पणी बढ्नु दु:खद भएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)